४० करोड बीमा शुल्क संकलन गर्न सफल सानिमा लाइफको बीमा कोष ६७ करोड माथि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 02:46:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष ६७ करोड रुपैयाँ माथि पुगेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा कम्पनीको जीवन बीमा कोष ६७ करोड ८ लाख ७२ हजार रुपैयाँ पुगेको हो ।

जीवन बीमा कोष ६७ करोड रुपैयाँ भन्दा माथि रहेको सानिमा लाइफले दोस्रो त्रैमासमा ४० करोड ७३ लाख ४८ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो रकम २३ करोड ८९ लाख २२ हजार रुपैयाँले बढी हो । अर्थात १४१ दशमलव ८५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १६ करोड ८४ लाख २६ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

यस अवधिमा कम्पनीले २३ हजार २७१ बीमालेख जारी गरेको छ । कम्पनीले यस अवधिमा १० लाख ५७ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीले ७ दावी वापत सो रकम भुक्तानी गरेको हो ।  

बीमाङकीय मूल्याङ्कन अघिको कम्पनीको खुद नाफा ४ करोड ८० लाख ८४ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४ करोड ८९ लाख ८० हजार रुपैयाँ रहेको । गत आवको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा घटेको छ । कम्पनीको यो नाफा बीमाङ्कीय मूल्याङ्कन पछि फेरबदल हुन सक्ने छ । 

चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ९ करोड ९५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको महाविपत्ति जगेडा कोषमा १ करोड १० लाख रुपैयाँ संचित रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved