एभरेष्ट र प्राईम लाईफको संयुक्त घुम्ति बिमा सेवा सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 04:09:05 PM मा प्रकाशित

laxmi sunrise bank

एभरेष्ट इन्स्योरेन्स  Everest Insurance Company Limited र  प्राइम लाइफ इन्स्योरेन्स Prime Life Insurance Company Limited  ले  संयुक्त रुपमा घुम्ति बिमा सेवा सञ्चालन गरेका छन् । दुवै बीमा कम्पनीहरुले बर्दियाको ठाकुरवावा मन्दिर परिसरमा उक्त सेवा सञ्चालन गरेका हुन्।

भविष्यका लागि वचत तथा जीवन सुरक्षाका विभिन्न जीवन बिमा योजना प्रस्तुत गरिएको प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार भट्टराईको भनाई छ। 

त्यस्तै एभरेष्ट इन्स्योरेन्सका सीईओ कमल गौतमले विभिन्न निर्जीवन बिमा सेवा लिई आफ्नो धन सम्पतिको सुरक्षाको सुनिश्चितता गरि व्यवसाय संचालन गर्न कृषक तथा व्यवसायीलाई आग्रह गरेका छन। 

घरदैलो वाटै बिमा सेवा प्रदान गर्ने उदेश्यले बिमा समितिले २०७६ मंसिर २४ गते “शाखारहित घुम्ती बिमा सेवा सम्बन्धी मार्गदर्शन २०७६” निर्देशिका जारि गरेको थियो। सोहिअनुसार बिभिन्न कम्पनीहरुले घुम्ती बीमा सेवा संचालनमा ल्याएका छन।    

यसअघि:

घुम्ती बीमा सेवाको व्यवहारिकतामा प्रश्न; बैंकको कपि गरेको आरोप

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved