
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७५ माघ २७ गतेबाट जीवन बीमा कारोबार शुभारम्भ गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कार्य संचालनको एक वर्ष पुरा गरेको छ। महालक्ष्मी लाइफ इन्स्यारेन्स नेपालको बीमा बजारमा सबै भन्दा कान्छो बीमा कम्पनी हो।
३८ जिल्लामा ६० शाखा र उपशाखा
कम्पनीले एक वर्षको छोटो अवधिमा विभिन्न ३८ जिल्लामा ६० वटा शाखा र उपशाखा संचालन गर्न सफल भएको छ ।
सात हजार बढी अभिकर्ता
महालक्ष्मी लाइफ इन्स्योरेन्समा स्थापनाको छोटो अवधिमा नै सात हजार भन्दा बढी बीमा अभिकर्ताहरु कार्यरत छन् । कम्पनीले यो अवधिमा ६० जिल्लामा अभिकर्ता तालिम संचालन गरेको छ । हाल कम्प्नीमा बीमा समितिबाट इजाजत प्राप्त बीमा अभिकर्ताहरुको संख्या ७ हजार ३२३ रहेको छ ।
९ वटा बीमा योजना
कम्पनीमा विभिन्न विशेषहरु समेटिएका ९ वटा बीमा योजनाहरु रहेका छन् । कम्पनीले १ वर्षको छोटो अवधिमा महालक्ष्मी डवल सावधिक बीमा, महालक्ष्मी सावधिक आजीवन बीमा, महालक्ष्मी वार्षिक धन फिर्ता बीमा, महालक्ष्मी जीवन हेरचाह बीमा, महालक्ष्मी सावधिक बीमा, महालक्ष्मी सरल बीमा, महालक्ष्मी जीवन सुरक्षा म्यादी बिमा, महालक्ष्मी लगानी फिर्ता म्यादी बिमा र महालक्ष्मी सामूहिक म्यादी जीवन बीमा गरी ९ वटा बीमा पोलिसी प्रचलनमा ल्याईसकेको छ ।
५६ करोड बीमा शुल्क संकलन
कारोबार शुभारम्भ गरेको १ वर्षको छोटो अवधिमा महालक्ष्मी लाइफ इन्स्यारेन्सले कुल ५६ करोड बीमा शुल्क संकलन गर्न कम्पनी सफल भएको छ।
कम्पनीले २०७६ आषाढ मसान्तसम्म ११ करोड १३ लाख र २०७६ पौष मसान्तमा ५ करोड १८ लाख खुद मुनाफा गरेको छ । एक वर्षको कारोबारमा कुल बीमा प्रिमियम आयको तुलनामा कम्पनीको जीवन बीमा कोष ७९ प्रतिशत र बैदेशिक रोजगार पुल दाबी वाहेक कम्पनीको दाबी भुक्तानी शुन्य प्रतिशत रहेको छ। जुन सबै जीवन बीमा कम्पनीहरुमा उत्कृष्ट रहेको छ।
कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को अन्त्यसम्ममा थप २५ वटा शाखारउपशाखा संचालन गरी प्रथम बीमा शुल्क संकलनमा अरब क्लवमा पुग्ने लक्ष्य लिएको छ। कम्पनीले १ महिना भित्र शाखा रहीत बीमा पोलिसी जारी गर्ने गरी टेवलेट इन्स्योरेन्सको कार्यक्रम संचालन गर्ने गरी तयारी गरिरहेको अवगत गराउन चाहन्छौँ। वार्षिकोत्सवको अवसर पारेर कम्पनीले ५० लाख रुपैयाँसम्म दाबी भुक्तानी गर्ने गरी घातक रोग पुरक सुविधा योजना संचालनमा ल्याएको छ ।