३२ करोड बीमा शुल्क उठाएको नेपाल इन्स्यारेन्सको नाफा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2020 | 11:36:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्सले ३२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ  । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा कम्पनीले ३२ करोड १९ लाख २६ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले खुद बीमा शुल्क संकलन ८ करोड १८ लाख रुपैयाँले बढाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले २४ करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । 

३२ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गर्न सफल नइन्स्योरेन्सले दोस्रो त्रैमासको अवधिमा कम्पनीले ८७ करोड ४ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ७ करोड ३२ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा कम्पनीले खुद नाफा एक करोड ४२ लाख रुपैयाँले बढी हो । 

यस त्रैमासमा कम्पनीले १३ करोड ३१ लाख ७५ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीले एक हजार ५३८ दावी वापत सो रकम भुक्तानी गरेको हो । कम्पनीमा  भुक्तानी हुन बाँकी दावी रकम  ८६ करोड ९० लाख ३२ हजार रुपैयाँ रहेको छ । भुक्तानी हुन बाँकी दावी संख्या दुई हजार ४५३ रहेको छ । 

कम्पनीको बीमा कोष २३ करोड १४ लाख ६५ हजार रुपैयाँबाट बढेर ३४ करोड १३ लाख ९२ हजार रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५५ लाख ३७ हजार रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जगेडा कोषमा ३२ करोड २५ लाख रुपैयाँ छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved