कामकाज ठप्प पारेर बीमा समितिका कर्मचारी देश दौडाहामा, अर्थमन्त्रीको सुझाबको बेवास्ता

विजया बास्कोटा

विजया बास्कोटा

Feb 11, 2020 | 10:11:27 AM मा प्रकाशित

laxmi sunrise bank

बीमा समितिका अध्यक्ष र उच्च तहका कर्मचारी देश दौडाहामा हिनेपछि महत्त्वपूर्ण कामहरु प्रभावित बनेको छ। बीमा समितिमा कार्यकारी निर्देशक नै बोकेर समितिका अध्यक्ष अन्तरकृया कार्यक्रम तथा होडिङ बोर्ड राख्न देशका बिभिन्न ठाउँमा भ्रमणमा गएका हुन् । 

समितिका अध्यक्ष चिरिन्जीवी चापागाईको नेतृत्वमा कार्यकारी निर्देशक राजुरमण पौडेल सहितको टोलि अन्तरकृया तथा होडिङ बोर्ड राख्ने कार्यक्रमका लागि पाँचदिन देखि भ्रमणमा रहेका छन्। 

अध्यक्ष, कार्यकारी निर्देशक र अन्य कर्मचारीको टोलि पाँच दिनदेखि कार्यालयमा नरहेको समितिका सूचना अधिकारी निर्मल अधिकारीले बिजपाटीलाई बताए। अन्तरक्रिया, होर्डिङ् बोर्ड र तालिमका लागि उनीहरु पाँच दिनदेखि बाहिर गएको अधिकारीले बताए।

होर्डिङ् बोर्ड राख्ने, शाखा उद्घाटन गर्ने जस्ता कार्यक्रममा समेत समितिका अध्यक्ष र कार्यकारी निर्देशक सहितको टोलि एकै पटक कार्यालय बाहिर हुँदा धेरै काम रोकिएको बीमा कम्पनीका प्रमुख कार्यकारीहरुले बताएका छन् । 'सामान्यतया अध्यक्ष जाने ठाउँमा कार्यकारी निर्देशक नगएपनि हुन्छ, अधिकार सम्पन्न सबै व्यक्ति एकै पटक बाहिर जाँदा नियमित काम समेत प्रभावित भएका छन् , बीमा कम्पनीसँग सम्बन्धित धेरै काम पाँच दिनदेखि यत्तिकै थन्किएर बसेका छन्' एक बीमा कम्पनीका सीईओले बिजपाटीलाई बताए। 

शाखा उद्घाटन लगायतका सामान्य काममा समेत संस्थाका उच्च पदाधिकारी एकै पटक जाने अभ्यास बढेकाले केहि समय अघि मात्र अर्थमन्त्री डा युबराज खतिवडाले रिबन काटेर आफ्नो अमुल्य समय नखर्चिन सुझाब दिएका थिए। तर अर्थमन्त्री खतिवडाको सुझाबलाई बेवास्ता गर्दै बीमा समितिका अध्यक्ष र कार्यकारी निर्देशक सहितको टोलि सरकारी खर्चपानिमा अन्तरकृया कार्यक्रम गर्न र होडीङ बोर्ड राख्न देश भ्रमणमा निस्किएका हुन् ।     


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved