
प्रिमियर इन्स्योरेन्स Premier Insurance Company Limited ले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष Citizen Investment Trust को ५० हजार कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले कोषको शेयर प्रतिकित्ता १ हजार ७५० रुपैयाँमा नघट्ने गरि लिलाम गर्न लागेको हो ।
कम्पनीले शेयर लिलामको लागि फागुन ११ गतेका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । शेयर लिलाम प्रक्रियाको लागि ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
सो शेयर खरिद गर्न इच्छुक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले ग्लोबल आइएमई क्यापिटल लिमिटेड, राष्ट्रिय नाचघर, जमल काण्माडैँ, प्रिमियर इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय तथा ग्लोबल आइएमई बैंक शाखा कार्यलयहरु विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट बोलपत्र आवेदन फारम पाउन र बुझाउन सक्ने कम्पनीले जनाएको छ ।