ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यवसायिक सद्भावना दुत (ब्राण्ड एम्बेसडर) मा पुनः महानायक राजेश हमाललाई नियुक्त गरेको छ । हमाल पुनः २ वर्षको लागि कम्पनीको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका हुन् ।
कम्पनीका पदाधिकारीहरु उपस्थित कार्यक्रममा ज्योति लाईफ इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाश विक्रम खत्री र राजेश हमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
कम्पनीको व्यवसाय प्रबर्धन सम्बन्धी विभिन्न कार्यक्रमहरुमा राजेश हमालको सहभागिताले नेपाली बीमा क्षेत्रको प्रबद्र्धनमा टेवा पुग्ने विश्वास कम्पनीले गरेको छ ।