फलो अप: युनियन लाइफको नाफा २२ नभई ८ करोडमात्रै, यसरी जिल्लिए मिडिया र लगानीकर्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 14, 2020 | 09:17:14 AM मा प्रकाशित

laxmi sunrise bank

युनियन लाइफले सार्वजनिक गरेको चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक प्रगति विवरणमा मुनाफा अस्वाभाविक देखिएको छ। कम्पनीले प्रस्तुत गरेको वित्तीय विवरणमा खर्चको शिर्षकमा ऋणात्मक आयकर राख्दा अस्वभाविक नाफा देखिएको छ।  

कम्पनीले जारि गरेको वित्तीय विवरणमा कुल आम्दानी १२ करोड २४ लाख ३७ हजार २३ रुपैयाँ देखिएको छ। यता व्यवस्थापन तथा खर्च शिर्षकमा ऋणात्मक १० करोड १४ लाख ५५ हजार २४८ मा ऋणात्मक आयकर १४ करोड ६५ लाख ११ हजार २२४ रुपैयाँ जोड्दा खुद नाफा २२ करोड ३८ लाख ९२ हजार २७१ देखिएको छ।

वित्तीय विवरणमा सामान्य रुपमा हेर्दा युनियन लाइफको २२ करोड मुनाफा आर्जन गरेको जस्तो देखिएको छ। जसकारण अधिकांश आर्थिक मिडियाले समेत युनियन लाइफले चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा २२ करोड मुनाफा आर्जन गरेको भनेर लेखेका छन, तर कम्पनीले वास्तविक मुनाफा २२ करोड नभई ७ करोड ७३ लाख भएकाले मिडिया, लगानीकर्ता तथा बिमित समेत जिल्लिएका छन।   

युनियन लाइफको खुद मुनाफा २२ करोड नै हो भन्ने बिजपाटीकर्मीको प्रश्नमा  युनियन लाइफका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचनाअधिकारि कपिल कुमार दाहालले भने युनियन लाइफको खुद मुनाफा २२ करोड नभएर ७ करोड ७३ लाख ८१ हजार भएको बताएका छन। 

कर योग्य आय गणना गर्दा ऋणात्मक हुन् आएकाले कर बापतको व्यवस्था नगरिएको र वित्तीय विवरणमा स्थगन कर आय खर्च गणना गरिएको छू डेपुटी सीईओ दाहालले भने, "ऋणात्मक व्यवस्थापन तथा स्थगन कर आय खर्च गणना गर्दा खुद मुनाफा २२ करोड देखिन गएको हो, अहिलेको स्थगन कर पछि घटाउनु पर्ने भएकाले वास्तविक मुनाफा ७ करोड ७२ लाख हो।" 

यद्दपी युनियन लाइफले तिर्नुपर्ने आय करलाई आय खर्च गणना गर्दा २२ करोड खुद मुनाफा गरेको जस्तो देखिएकाले वित्तीय विवरणबाट सर्वसाधारणमा भ्रम परेको छ। त्यसमा पनि अधिकांश आर्थिक मिडियाहरुले समेत कम्पनीले २२ करोड खुद मुनाफा गरेको भनेर रिपोर्टिंङ गरिदिँदा सर्वसाधारण तथा सेयर लगानीकर्ताको बुझाई प्रभावित भएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved