जीवन बीमा कम्पनीले ७७ लाख बन्दा बढी बीमालेख जारी गरेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीमा ७७ लाख ६० हजार ८६४ वटा बीमालेख जारी भएको देखिएको हो ।
गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले ५५ लाख ७५ हजार ५३९ बीमालेख जारी गरेका थिए । गत आवको सोही अवधिको तुलनामा यो संख्या ३९ दशमलव १९ प्रतिशतले बढी हो ।
नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये सरकारी स्वामित्वमा रहेको जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले दोस्रो त्रैमासको वित्तीय विवरणमा जारी बीमालेखको संख्या उल्लेख गरेको छैन् ।
रिलायवलको बढी
यस अवधिमा सबैभन्दा धेरै बीमालेख जारी गर्ने कम्पनी रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १९ लाख भन्दा बढी बीमालेख जारी गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले यस अवधिमा १९ लाख ९२ हजार २७६ बीमालेख जारी गर्न सफल भएको छ । वैदेशिक रोजगार बीमालेख सहित कम्पनीले सो बीमालेख जारी गरेको हो । गत आवको सोही अवधिमा कम्पनीले तीन लाख २४ हजार बीमालेख जारी गरेको थियो ।
नेपाल लाइफ र मेट लाइफको उस्तै
नेपाल लाइफ र मेट लाइफ इन्स्योरेन्सले करिब एउटै संख्यामा बीमालेख जारी गरेका छन् । यस अवधिमा इन्स्योरेन्सले १२ लाख ५८ हजार बीमालेख जारी गर्न सफल भएको देखिएको छ । गत आवको सोही अवधिमा कम्पनीले १२ लाख ९ हजार बीमालेख जारी गरेको थियो । मेट लाइफ इन्स्योरेन्सले यस अवधिमा १२ लाख ४९ हजार बीमालेख जारी गरेको छ । इन्स्योरेन्सले गत आवको सोही अवधिमा ८ लाख ११ हजार बीमालेख जारी गरेको थियो ।
त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले ८ लाख ४ हजार, एलआइसी नेपालले ७ लाख ५१ हजार बीमालेख जारी गरेका छन् ।
हेरौँ कुन जीवन बीमा कम्पनीले कति बीमालेख जारी गरे ?