जीवन बीमा कम्पनीको बीमा कोष दुई खर्ब, कुनको कति ?

नेपाल लाइफको मात्रै ७७ अर्ब बढी
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2020 | 12:35:50 PM मा प्रकाशित

जीवन बीमा कम्पनीहरुको बीमा कोष दुई खर्ब माथि पुगेको छ । चालु आवको दोस्रो त्रैमासको अवधिमा १९ जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष दुई खर्ब ६५ अर्ब ७१ लाख रुपैयाँ पुगेको  हो । 

गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष एक खर्ब ९८ अर्ब ९५ करोड ८६ लाख रुपैयाँ रहेको थियो । 

नेपाल लाइफको ७७ अर्ब 

१९ जीवन बीमा कम्पनीमध्ये जीवन बीमा कोषमा सबैभन्दा बढी रकम नेपाल लाइफको रहेको छ । यस अवधिमा कम्पनीको जीवन बीमा कोष ७७ अर्ब ५९ करोड २९ लाख २७ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको बीमा कोष ५६ अर्ब ७३ करोड ८३ लाख ८७ हजार रुपैयाँ रहेको थियो  । गत आवको सोही अवधिको तुलनामा यो रकम ३६ दशमलव ७५ प्रतिशतले बढी हो  । 

नेपाल लाइफ पछि जीवन बीमा कोषमा धेरै एलआइसी नेपालको  रहेको छ । एलआइसी नेपाल पछि नेशनल लाइफ, एशियन लाइफ, राष्ट्रिय बीमा संस्थान र मेट लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा बढी रकम रहेको छ । 

एलआइसी नेपालको जीवन बीमा कोष ६१ अर्ब ९ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ४८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको थियो । गत आवको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष २४ दशमलव ४८ प्रतिशतले बढेको हो । 

त्यस्तै, नेपाल लाइफ र एलआइसी नेपाल पछि नेशनल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष बढी छ । इन्स्योरेन्सले यस अवधिमा जीवन बीमा कोषको आकार २७ दशमलव १५ प्रतिशतले बढाउन सफल भएको देखिएको छ । यस अवधिमा कम्पनीको जीवन बीमा कोष ३० अर्ब १५ करोड ५२ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा २३ अर्ब ७१ करोड ४८ लाख रुपैयाँ रहको थियो । 

एशियन लाइफ इन्स्योरेन्सले जीवन बीमा कोषको आकार २८ दशमलव ७७ प्रतिशतले बढाई १९ अर्ब ३१ करोड ७२ लाख रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १५ अर्ब १३ लाख रुपैयाँ रहेको थियो । 

जीवन बीमा कोष बढी भएको अर्को जीवन बीमा कम्पनी हो राष्ट्रिय बीमा संस्थान । सरकारी स्वामित्वमा रहेको जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले जीवन बीमा कोषको आकार ३५ दशमलव १६ प्रतिशतले बढाएको छ । यस अवधिमा संस्थानकोजीवन बीमा कोष २५ अर्ब ९६ लाख १२ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा संस्थानको जीवन बीमा कोषमा १९ अर्ब २० करोड ६४ लाख रुपैयाँ रहेको थियो । 

मेट लाइफले पनि जीवन बीमा कोषको आकार बढाएको छ । यस अवधिमा मेट लाइफले आफ्नो जीवन बीमा कोषको आकार ११ दशमलव १४ प्रतिशतले बढाई १७ अर्ब ४८ करोड ६७ लाख रुपैयाँ पुर्याएको छ ।  गत आवको सोही अवधिमा कम्पनीको जीवन बीमा कोष १५ अर्ब ७३ करोड २८ लाख रुपैयाँ रहेको थियो । 

प्राइम लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष १० अर्ब १३ करोड, सूर्या लाइफ इन्स्योरेन्सको ६ अर्ब २१ करोड, गुराँस लाइफ इन्स्योरेन्सको ६ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।  

त्यस्तै, नयाँ जीवन बीमा कम्पनीहरु रिलायन्स लाइफको ७७ करोड ५९ लाख, रिलायबल नेपाल लाइफको ८७ करोड २६ लाख, सन नेपाल लाइmको एक अर्ब १६ करोड, प्रभु लाइफको ५१ करोड, यूनियन लाइफको तीन अर्ब ३७ करोड, आइएमई लाइफको एक अर्ब २७ करोड, सानिमा लाइफको ६७ करोड ८ लाख, सिटिजन लाइफको एक अर्ब ४४ करोड, ज्योति लाइफको एक अर्ब २० करोड र महालक्ष्मी लाइफको ४२ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

जीवन बीमा कम्पनीको आय व्यय हिसाबको आम्दानीबाट प्रत्यक्ष खर्च घटाई सकेपछिको बचत रकम जीवन बीमा कोषमा जम्मा गरिन्छ । जीवन बीमा कोषकै आधारमा जीवन बीमा कम्पनीलाई कस्तो कम्पनी हो भनेर चिनिन्छ । कुल बीमा शुल्कको आधारमा जुन कम्पनीको जीवन बीमा कोष राम्रो छ त्यो कम्पनी नै अब्बल कम्पनीका रुपमा चिनिन्छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved