गुराँस लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेखमा बिलम्ब शूल्क (ब्याज) छुट दिने भएको छ । इन्स्योरेन्सले बीमितहरुको मागलाई ध्यान दिई कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमा शुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेखहरुमा बीमालेख पूर्नजागरण गर्दा छुट दिने जनाएको छ ।
कम्पनीले तोकेको समयभित्र बीमाशुल्क तिरी बीमालेख नविकरण गर्दा बीमितले ५० प्रतिशत छुट पाउने भएका छन् । कम्पनीले दिएको उक्त छुट फागुन ४ गतेदेखि फागुन २३ गतेसम्म लागू हुने छ । तर, सन् २०२० मा परिपक्व हुने बीमालेखहरुमा यो सुविधा लागु नहुने कम्पनीले जनाएको छ ।
बीमितहरुको मागलाई सम्बोधन गर्दै बीमा कम्पनीहरुले व्यतित बीमालेख पूर्नजागरण गर्दा लाग्ने ब्याजमा छुट दिने गर्दछन् । तोकिएको समयमा बीमालेख नवीकरण नगरेमा बीमालेख व्यतित हुन्छ । व्यतित बीमालेख नविकरणका लागि बीमा कम्पनीहरुले बीमितहरुका लागि बीमा शुल्क बुझाउन थप समय दिने गर्दछन् । कम्पनीले दिएको अवधिभित्र पनि नवीकरण नगरेमा बीमालेख निष्क्रिय हुन्छ । अर्थात, सो बीमालेखले बीमितको कुनै पनि जोखिम रक्षावरण गर्दैन । जसलाई बीमालेख व्यतित भनिन्छ ।