सिद्धार्थ ईन्स्योरेन्स Siddhartha Insurance Limited र रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ बीच सम्झौता भएको छ । सम्झौता अनुसार रोटरीले सञ्चालन गरेको साक्षरता कार्यक्रमका लागि ईन्स्योरेन्सले आर्थिक सहयोग उपलब्ध गराउनेछ । त्यस्तै ईन्स्योरेन्सले रोटरीका सदस्य बीमितहरुलाई संस्थागत छुट प्रदान गर्नेछ ।
सम्झौतामा ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द« वैदवार क्षेत्री र रोटरीका डिष्ट्रिट गभर्नर किरण लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।