
एउटै बीमालेखमा जीवन साथिको सुरक्षण लाभ समावेश नगर्न समितिले निर्देशन दिएको छ । जीवन बीमालेखहरुमा पति/पत्नी को सुरक्षणको लाभ समावेश नगर्न जीवन बीमा कम्पनीहरुलाई समितिले निर्देशन दिएको हो ।
समितिले आज एक परिपत्र जारी गर्दै स्वीकृती लिएका र स्वीकृतीका लागि पेश हुने जीवन बीमालेखहरुमा पति/पत्नीको सुरक्षणको लाभ समावेश नगर्न निर्देशन दिएको छ । समितिद्धारा जारी परिपत्रमा पूर्व स्वीकृती लिएका र स्वीकृतीका लागि पेश हुने जीवन बीमालेखहरुमा पति/पत्नीको सुरक्षणको लाभ समावेश नगर्न उल्लेख छ ।
हाल जीवन बीमा कम्पनीहरुले दम्पति बीमा योजनाहरु बिक्रि गर्दै आईरहेका छन् । एउटै बीमालेखले श्रीमान र श्रीमति दुबैको जोखिम बहन हुने बीमा योजनाहरु बिक्रि गर्दै आएका छन् । दम्पति बीमामा एक जनाको बीमा शुल्क लिएर दुवै जनाको जोखिम बहन हुन्छ ।