बीमा संस्थानको १० वर्षको बीमाङ्कीय मुल्याङ्कन मेरै कार्यकालमा सक्छु: अध्यक्ष चापाँगाईं

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2020 | 02:29:33 PM मा प्रकाशित

laxmi sunrise bank

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले राष्ट्रिय बीमा संस्थानले ६ वर्षको बीमाङ्कीय मुल्याङ्कन बीमा समितिमा पेश गरेको बताएका छन् । संस्थानको ५३ औ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले संस्थानले पेश गरेको तीन वर्षको बीमाङ्कीय मुल्याङ्कन देशमा बीमाङ्की नभएका कारण रोकिएको बताएका हुन् । 

उनले भने 'तीन वर्षको बीमाङ्कीय मुल्याङ्कन संस्थानले आफ्नो  बीमाङ्कीलाई दिएको छ । टेक्निकलको काम बीमाङ्कीले मात्र गर्छ । नेपालमा एउटा पनि बीमाङ्की छैन् ।  सोहि कारणले संस्थानले पेश गरेको यति लामो समयसम्मको बीमाङ्कीय मुल्याङ्कन रोकिएकोछ । '

अध्यक्ष चापागाईले संस्थानको २०१९ सम्मको एकमुष्ट बीमाङ्की मुल्याङ्कन गर्ने बताए । बीमा योजना पनि बीमाङ्कीले नै स्वीकृत गर्नु पर्ने भएकाले बीमाङ्कीय मुल्याङ्क गर्नमा ढिलाई हुने उनले बताए । 

राष्ट्रिय बीमा संस्थानको १० वर्षको बीमाङ्कीय मुल्याङ्कनलाई पार लगाउने उद्देश्यले समितिले एक्चुअरीसँग सहकार्य गरेको उनले बताए । ती बीमाङ्कीसँगको सहकार्यका लागि बीमा समितिको सञ्चालक समितिले स्वीकृत गरिसकेको उनले बताए । ‘निकट भविष्यमा तपाईहरुको  १०/१२ वर्षदखि रोकिएर बसेको बीमाङकी छुट्टै एक्चुअरी राखेर यो संस्थानको बीमाङ्की मुल्याङकन सम्पन्न गराउछौँ ’ उनले भने ।  

आफ्नो कार्यकालमा नै संस्थानको बाँकी रहेको बीमाङ्कीय मुल्याङ्कलाई सम्पन्न गर्ने दावी गरे । ‘मेरो कार्यकाल १० महिना बाँकी  रहेको छ । यो अवधिमा संस्थानको १० वर्षको बीमाङ्कीय मुल्याङ्कन हुन सक्यो भने मेरो जीवनको लागि पनि उल्लेख्य प्रगति हुने छ’ उनले भने ।  संस्थानले स्वीकृतिका लागि पठाएको घातक रोगको बीमालेख यो महिनाभरिमा स्वीकृत हुने जानकारी दिए ।

बीमाको पहुँच ३० प्रतिशत 

कार्यक्रममा उनले आगामी असारसम्ममा बीमाको पहुँच ३० प्रतिशत पुग्ने बताए। दुई तीन वर्षको तुलनामा बीमाको पहुँच उल्लेख्य रुपमा वृद्धि हुँदै गएको उनको भनाई छ। ‘पछिल्लो समय बीमाको पहुँचमा वृद्धि आएको छ । दुई तीन वर्ष अघि बीमाको पहुँच पाँच छ प्रतिशत मात्रै रहेको थियो  । अहिले बीमाको पहुँच २२ प्रतिशत पुगेको छ । वैदेशिक रोजगार जोड्दा २७ प्रतिशत हुन आउँछ । आगामी असारसम्ममा बीमाको पहुँच ३० प्रतिशतको हाराहारीमा पुग्ने अनुमान गरिएको छ ’ उनले भने ।  

उनले बीमा क्षेत्रमा कर्मचारीहरुको आकर्षण बढेको दावी गरे । उनले भने ' केही समय अघि बीमा क्षेत्रमा कार्यरत कर्मचारी दुई तीन हजार हुन्थे । त्यो संख्या बढेर आज १० औँ हजार कर्मचारी बीमा क्षेत्रमा कार्यरत रहेको अवस्था छ । ' 

गत वर्षको तुलनामा यस वर्ष कुल ग्राहस्थ उत्पादनमा बीमा क्षेत्रको योगदानमा वृद्धि हुने बताए । कुल ग्राहस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान गत वर्ष ३ प्रतिशत रहेकोमा यस वर्ष साढे तीन प्रतिशत हुने अनुमान लिएको उनले बताए । 

 उनले यहि हप्तामै जोखिम ब्यबस्थापन  मार्गदर्शन जारी गर्ने पनि जानकारी दिएका छन् । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved