
लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) Life Insurance Corporation Nepal Limited व्यतीत बीमालेख पूनजार्गरण(नबिकरण) गर्दा बिलम्ब शूल्क (ब्याज) छुट दिने भएको छ । इन्स्योरेन्सले कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमा शुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेखहरुमा बीमालेख पूर्नजागरण गर्दा छुट दिने जनाएको छ ।
कम्पनीले तोकेको समयभित्र बीमाशुल्क तिरी बीमालेख नविकरण गर्दा बीमितले ३५ प्रतिशत छुट पाउने भएका छन् । कम्पनीले दिएको उक्त छुट फागुन १५ गतेसम्म लागू हुने छ । तर, सन् २०२० मा परिपक्व हुने बीमालेखहरुमा यो सुविधा लागु नहुने कम्पनीले जनाएको छ ।