विज्ञलाई अर्थमन्त्रीको प्रश्न ' नेपालमा एउटा मात्र पूनर्बीमा कम्पनी भए पुग्छ' ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2020 | 09:59:11 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा एउटा मात्रै पूनर्बीमा कम्पनी पर्याप्त नहुने बताएका छन् ।  राष्ट्रिय बीमा संस्थानको ५३ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले  पूनर्बीमाका जोखिमलाई विविधिकरण गर्न थप पुनर्बिमा कम्पनी आवश्यक पर्ने बताएका हुन्  ।

मन्त्री खतिवडाले नेपालमा रहेको एउटा मात्रै पूनर्बीमा कम्पनीका  विषयमा छलफल चलाउनु पर्ने भन्दै पुनर्बिमा कम्पनीको संख्या बारे बहस छेडेका हुन्  ।  उनले भने ‘हामीसँग एउटा मात्रै पूनर्बीमा कम्पनी छ । यो विषयमा छलफल चलाउनु पर्ने छ । '

उनले प्रश्न गर्दै भने 'के एउटा मात्रै पूनर्बीमा कम्पनी हुनु पर्ने हो ? के यो नेपाली बीमा बजारका लागि पर्याप्त छ । के एउटा मात्रै पूनर्बीमा कम्पनी सधै भई रहनु पर्ने हो ?’  उनले बीमाका जोखिमलाई विविधिकरण गर्ने हो भने पूनर्बीमाका जोखिमलाई पनि विविधिकरण गर्नु पर्ने बताएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved