बीमा कम्पनीहरुले दाबी भुक्तानी गर्नु पर्ने समय तोकियो, मृत्यु दाबी भुक्तानी १५ दिन मै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2020 | 10:10:41 PM मा प्रकाशित

जीवन बिमा कम्पनीले १५ दिनभित्र मृत्यु दाबी भुक्तानी गर्नुपर्ने भएको छ । बीमा समितिले बीमा दाबी भुक्तानी मार्गदर्शन जारी गर्दै मृत्यु दाबी भुक्तानी १५  दिन भित्र गर्नु पर्ने ब्यबस्था गरेको हो ।   बीमालेखको अवधि समाप्त हुदै बिमितको मृत्यु भएमा कम्पनीले बिमितले इच्छाईएको व्यक्तिवा उसको हकवालालाई १५ दिनभित्र भुकतनी दिनु पर्ने भएको हो ।  

त्यस्तै जीवन बीमा कम्पनीरुले बीमालेख परिपक्व भएको १५ दिन भित्र भुक्तानी खुल्ने लिन आउन सूचना जारि गर्नु पर्ने र त्यसको ७ दिन भित्र दाबी भुक्तानी दिनु पर्ने भएको छ ।  त्यस्तै निर्जीवन बीमाको हकमा सर्भेयरले १५ दिन भित्र क्षतिको विवरण तय गरी कम्पनीको दायित्व निर्धारण गरी कम्पनीमा पेश गर्नु पर्ने त्यसको २१ दिन भित्र कम्पनीले दाबी भुकानी दिनु पर्ने ब्यबस्था समितिले गरेको छ ।   

सबै दाबी भुक्तानी बैंक मार्फत एकाउन्ट पेयी चेक मार्फत गर्नु पर्ने ब्यबस्था पनि समितिले गरेको छ ।  त्यस्तै बीमा कम्पनीहरुले दाबी भुक्तानी प्रक्रियाको लागि दाबी भुक्तानी विभाग पनि गठन गर्नु पर्ने भएको छ ।  

बीमा दाबी भुक्तानी प्रक्रिया छिटो, छरितो , पारदर्शी, त्तहा ब्यबस्थित बनाउन र बिमितको हित रक्षा गर्न यी ब्यबस्था लागु गरेको समितिले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved