६ महिनामा जीवन बीमा कम्पनीले गरे पौने ३ खर्ब लगानी (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2020 | 09:44:55 AM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न क्षेत्रमा जीवन बीमा कम्पनीहरुले दुई खर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छन् । चालु आवको दोस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले शेयर, ऋणपत्र, घर जग्गा लगायतका क्षेत्रमा दुई खर्ब ७३ अर्ब ८७ करोड रुपैयाँ लगानी गरेका हुन् । 

बीमा कम्पनीहरुले घरजग्गा व्यवसायमा, साधारण सेयरमा, ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर (साधारण सेयरमा परिणत नहुने) र ऋणपत्र, धितोपत्र बोर्डबाट अनुमति लिएर विनिमय बजारका सूचीकृत कम्पनीको ऋणपत्रमा लगानी गर्न सक्ने व्यवस्था रहेको छ ।  त्यस्तै कम्पनीहरुले घरजग्गा व्यवसायमामा कुल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था रहेको छ ।  नेपाल धितोपत्र बोर्डकाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचिकृत लिमिटेड कम्पनीको साधारण शेयरमा कुल टेक्निकल रिजर्भको दश प्रतिशतसम्म बीमा कम्पनीहरुले लगानी गर्न पाउने व्यवस्था रहेको छ । यहि ब्यबस्था अनुसार कम्पनीहरुले उक्त रकम लगानी गरेका हुन् ।

यस अवधिमा सबैभन्दा बढी लगानी गर्नेमा  नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ८२ अर्ब ५९ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ ।  नेपाल लाइफ पछि एलआइसी नेपालले सबै भन्दा धेरै अर्थात् ४८ अर्ब ९६ करोड रुपैयाँ ति क्षेत्रमा लगानी गरेको छ । त्यस्तै नेशनल लाइफले २८ अर्ब ४७ करोड ४५ लाख तथा राष्ट्रिय बीमा संस्थानले २३ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ लगानी गरेका छन् ।  

नयाँ जीवन बीमा कम्पनीहरुमा यूनियन लाइफले सबैभन्दा बढी रकम लगानी गरेको छ । यस अवधिमा कम्पनीले ४ अर्ब ३१ करोड ६० लाख रुपैयाँ लगानी गरेको छ । सन नेपाल र सिटिजन लाइफले ३ अर्ब बढी लगानी गरेको छन् भने आईएमई लाइफ, रिलायन्स लाइफ र ज्योति लाइफले २ अर्ब बढी लगानी गरेका छन् । सबैभन्दा कम महालक्ष्मी लाइफले एक अर्ब ६७ करोड ९३ लाख रुपैयाँ लगानी गरेको छ ।  

हेर्नुस कसको लगानी कति ?




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved