बीमा प्रिमियमको रकमले पुँजीबजारको पनि विकास हुन्छ : मन्त्री खतिवडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2020 | 01:59:17 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा प्रिमियम बाट संकलित  रकमले पुँजीबजारमा योगदान पुर्याउने बताएका छन् । अर्थ समितिको बुधबारको बैठकमा मन्त्री खतिवडाले यसरी संकलित रकम परिचालन हुने र यसले पुँजीबजारको विकासमा पनि योगदान पुर्याउने बताएका हुन् । 

उनले बीमाको नियामकलाई अझै बढी प्रभावकारी तुल्याउन बीमा प्राधिकरणको परिकल्पना गरिएको बताएका छन् । बीमा व्यबसायलाई स्तरीय बनाउन र बीमा समबन्धि अन्तर्राष्ट्रिय अभ्यासलाई समेत मध्यनजर् गर्दै अहिलेको बीमा समितिको स्थानमा बीमा प्राधिकरणको परिकल्पना गरिएको उनले बताएका हुन् । कुनै पनि ब्यबसायको जोखिमलाई न्युनिकरण गर्नको लागि बीमा गर्नु पर्ने र त्यसको नियामक बलियो हुनु पर्ने भएकोले प्राधिकरणको आवश्यकता परेको उनले बताए ।  प्रस्ताव गरिएको बीमा विधयेकले साना तथा लघु उद्यमीको जोखिम व्यवस्थापनका लागि लघु बीमालाई पनि समेटेको बताए । 

आजको बैठकमा  विधयेकमाथि दफावार छलफल भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved