अर्थमन्त्री खतिवडाले भने, ‘बीमा जीवनको गर्ने हो, पैसाको होईन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2020 | 03:58:40 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा सबै बर्गका लागि आवश्यक रहेको बताएका छन् । अर्थ समितिमा बीमा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको छलफलमा संशोधनका विषयमा उठेका जिज्ञासालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । 

बीमा पैसा भएकाहरुका लागि मात्रै आवश्यक नहुने उनको भनाई छ  । ‘गरिब होस्, धनि होस् सबैलाई बीमा आवश्यक छ । आफ्नो जीवन बीमा गर्न पाउनु गरीबको पनि अधिकार हो । त्यहि भएर सरकारले निश्चित रकम सम्मको बीमा निशुल्क गरिदिने निर्णय गरेको छ ।’ उनले भने । 

बीमालाई कुन बर्गको लागि हो भनेर परिभाषित नगर्न उनले आग्रह गरे । बीमा सबैका लागि आवश्यक हो भन्दै अर्थमन्त्रीले ‘यो सबैका लागि हो । जोखिम बहन गर्न नसक्नेहरुका लागि बीमा अझ बढी आवश्यकता हो । त्यो बीमाको प्रीमियम तिर्न नसक्नेका लागि राज्यले सहयोग गर्ने हो । ’

बीमालाई कुनै वर्ग विशेषको, धनी र गरीबको आँखाले हेरिनु नहुने उनको भनाई छ । ‘सरकारले राजस्व पनि उठाउनु पर्छ र त्यसको सहि सदुपयोग पनि गर्नु पर्छ । सेवा लिन नसक्नेहरुका लागि, वीत्तिय पहुँच नपुग्नेहरुका लागि राज्यले संरक्षण दिएको छ । ’ त्यस्तै, अर्थमन्त्री खतिवडाले बीमालाई सेवामूलक व्यवसायका रुपमा हेरिनु पर्ने बताएका छन् । बीमा पैसा हुनेका लागि मात्रै नभई सबै वर्गका लागि आवश्यक हुने उनको भनाई छ । 

छलफलमा उपस्थित भएका सदस्यहरुलाई आफुहरु ससानो कुरामा अल्झिएर नबस्न समेत आग्रह गरे । उनले सरकारले यो विद्येयक जस्ताको त्यस्तै पारित गर्ने बताए ।  पछिल्लो समय बीमाको पहुँच उल्लेख्य रुपमा वृद्धि भएको उनले दावी गरे । कुल जनसंख्याको एक चौथाई जनसंख्या बीमाको पहुँचमा आएको उनको उनको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved