बीमा अभिकर्ता र सर्भेयरलाई राहत, लाइसेन्स नविकरण तीन वर्षमा गरे हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 05:29:36 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको रुपमा काम गर्न चाहने व्यक्ति वा संस्थाले अब तीन वर्षमा एक पटक मात्र लाइसेन्स नविकरण हुने भएको छ ।  अर्थ समितिमा बीमा सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयकमाथि भएको दफावार छलफलमा यस्तो सहमति जुटेको हो ।  

बीमा सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयकको दफा ९३ को उपदफा ३ अनुसार मध्यस्थकर्ता तथा बीमा सेवा प्रदायकको इजाजत पत्रको अवधि एक वर्षको हुने ब्यबस्था छ । यस व्यवस्थालाई  संसोधन गरी मध्यस्थकर्ता तथा बीमा सेवा प्रदायकको इजाजत पत्रको अवधि तीन वर्ष पुर्याईएको हो ।

बीमा मध्यस्थकर्तालाई प्राधिकरणबाट इजाजत पत्र प्राप्त अभिकर्ता, बीमा सर्भेयर ,बीमा दालाल, तेस्रो पक्ष सहजकर्ता वा तोकिए बमोजिमका अन्य बीमा मध्यस्थकर्तालाई परिभाषित गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved