महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले व्यवस्थापन प्रशिक्षार्थीहरुको चार दिने तालिम सम्पन्न गरेको छ । इन्स्योरेन्सको प्रधान कार्यालयमा भएको तालिममा, उपत्यका भित्रका शाखा तथा विभिन्न क्षेत्रिय कार्यालयका १७ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई, नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र रामेश्वर श्रेष्ठ, नायव महाप्रबन्धक सपना देवकोटा खरेल र प्रशान्तराज धमला, एजेन्सी विभाग प्रमुख सिताराम धिमाल र अण्डरराईटिङ विभाग प्रमुख प्रभाकर न्यौपानेले तालिममा प्रशिक्षण दिएका थिए ।
चैत्र ४ गते मंगलबारबाट संचालित उक्त तालिम ७ गते शुक्रबारसम्म सम्पन्न भएको हो । तालिममा जीवन बीमाको आधारभूत विषयहरु, एजेन्सी, मार्केटिङ, अण्डरराईटिङ, प्रोडक्ट र मानव संसाधन विषयमा प्रशिक्षण दिईएको कम्पनीले जनाएको छ ।