लकडाउनको समयमा पनि बीमा कम्पनीले सेवा दिने, सम्पर्क व्यक्ति तोकिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2020 | 01:22:48 PM मा प्रकाशित

laxmi  sunrise bank

लक डाउनको समयमा पनि बीमा कम्पनीहरुले सेवा दिने भएका छन् । लक डाउनको बेला बीमा सेवालाई सहज पार्नका लागि बीमा कम्पनीहरुले सम्पर्क व्यक्ति तोकेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई नियन्त्रण गर्न राष्ट्रिय प्रयास भईरहेको बेलामा बीमा कम्पनीहरु आफुले प्रदान गरिने बीमा सेवा तथा बीमा दावी सम्बन्धी सेवामा पुग्ने कठिनाई प्रति सर्तक भएका छन् । 

यस अवधिमा कम्पनीको सेवामा सहजता कायम राख्नका लागि आफुहरु तत्पर रहेको कम्पनीहरुले बताएका छन् । बीमितलाई बीमा सेवा तथा बीमा दावी सेवाको लागि कुनै कठिनाई भएको खण्डमा कम्पनीले तोकेको सम्पर्क व्यक्तिहरुलाई सम्पर्क गर्न आग्रह गरेका छन् । 

यस अवधिमा नेपालमा सञ्चालित केही बीमा कम्पनीहरुले बीमितलाई निरन्तर सेवा दिनका लागि सम्पर्क व्यक्ति तोकिदिएका छन् । बीमितहरुलाई बीमा सेवा प्राप्त गर्न तथा बीमा दावी सम्बन्धी सेवाका लागि सम्पर्क व्यक्तिको नाम र सम्पर्क नम्बर तोकिएको जनाएका छन् । बीमा सेवा तथा दावीका लागि कुनै कठीनाई भएमा बीमितहरुले सम्पर्क गर्न सक्ने छन् । 

यी बीमा कम्पनीले तोके आधिकारी व्यक्ति

४ जीवन बीमा कम्पनी र ९ निर्जीवन बीमा कम्पनीले सूचना जारी गर्दै लक डाउनको बेला ग्राहकलाई सहज बीमा सेवा र बीमा दावी सेवा दिनका लागि सम्पर्क व्यक्ति तोकेका हुन् । 

अजोड इन्स्योरेन्स

अजोड इन्स्योरेन्सले लक डाउनको समयमा बीमितलाई सेवा दिनका लागि सम्पर्क व्यक्ति उपलब्ध गराएको  छ । अजोड इन्स्योरेन्सको बीमा सेवाको लागि लिनका लागि टोपेन्द्र कटेल(९८५६०६०३४७), कविता उपाध्याय(९८५१२४२९१७) र दिपक खत्री (९८४१८१०४३५)लाई सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै बीमा दावी सेवाको लागि रविन्द्र राज श्रेष्ठ(९८५१२१७९४९) र सन्तोष लामिछाने(९८५१०४६९३१) लाई सम्पर्क गर्न सकिने छ ।

एभरेष्ट इन्स्योरेन्स

एभरेष्ट इन्स्योरेन्सका ग्राहकहरुले बीमा सेवा र बीमा दावी सेवाका लागि कठिनाई परेको खण्डमा कम्पनीले तोकेको सम्पर्क व्यक्तिलाई सम्पर्क गर्न सक्नेछन् । बीमा सेवा लिनका लागि बच्चु राम खड्का(९८५११२९८९६), बेशब श्रेष्ठ(९८४८४७६८९०) र सुजन श्रेष्ठ(९८४३५३३५७३१) लाई सम्पर्क गर्न सकिने छ । त्यस्तै, बीमा दावीका लागि रोज राज लुईटेल(९८५५०७१७८५), सजना थापा(९८४१७६५३६७) र निरेन्द्र नाथ अधिकारी(९८४१३४४३०९) लाई सम्पर्क गर्न सकिने छ । 

यूनाइटेड इन्स्योरेन्स

यूनाइटेड इन्स्योरेन्सले पनि बीमितको सेवालाई मध्यनजर गर्दै सम्पर्क व्यक्तिको व्यवस्था गरेको छ । बीमा सेवाको लागि लक्ष्मण पराजुली(९८५११४०४०६), यादव प्रसाद पाठक(९८५१००८२७२) र आशा थापा(९८५१२०२३१४) लाई सम्पर्क गर्न सकिने कम्प्नीले जनाएको छ । कृषि, पशुपन्छी तथा लघुबीमाको लागि दिपक पोखरेल(९८५११२४८८९) लाई सम्प्र्क गर्न सकिने छ । 

त्यस्तै, बीमा दावीका लागि सुसन घिमिरे(९८५१०६८२९३) र सागर रिसाल(९८६०८३८५००) लाई सम्पर्क गर्न सकिने छ । 

सिद्धार्थ इन्स्योरेन्स

सिद्धार्थ इन्स्योरेन्सले पनि ग्राहकहरुको सेवालाई ध्यान दिँदै सम्पर्क व्यक्ति तोकेको छ । दिपक कुमार ढोट(९८५२०२३२९७), नवराज पराजुलि(९८५८०२२९११), राम्जी ढकाल(९८५१०६७४१८), बद्रि बहादुर अधिकारी(९८५१०६७४१८) लाई सम्पर्क गर्न सकिने छ । 

प्रभु इन्स्योरेन्स

प्रभु इन्स्योरेन्सले बीमा सेवा तथा दावी सम्बन्धी सेवाका लागि सम्पर्क व्यक्ति तोकेको छ । बीमा सेवाको लागि समिर तामागं(९८५१०२५५६८), बिनिता श्रेष्ठ(९८४११०५८५४) लाई सम्पर्क गर्न सकिने छ । त्यस्तै, दावी सम्बन्धी सेवाको लागि बत्सल ढकाल(९८५११९३१२३) लाई सम्पर्क गर्न सकिने छ । 

सगरमाथा इन्स्योरेन्स

त्यस्त, सरमाथा इन्स्इोरेन्सले पनि सम्पर्क व्यक्तिको नाम र सम्पर्क नम्बर उपलब्ध गराएको छ । बीमा सेवाका लागि शैलेष आचार्य(९८५१०३६९१९), दिवस तिमल्सिना(९८५१००२२७१), बाबुराम निरौला(९८४९०७६६६६) र श्रवण रावल(९८५१०३९४०६) लाई सम्पर्क गर्न सकिने छ । 

बीमा दाबी सेवाको लागि सुभाष दिक्षित(९८५१२०७३६९) र मनोज पन्त ९८४९६३१२६२) लाई सम्पर्क गर्न सकिने छ । 

नेपाल इन्स्योरेन्स

नेपाल इन्स्योरेन्सले बीमा सेवाका लागि ४ जना र दावी सेवाकालागि चार जना सम्प्र्क व्यक्ति तोकेको छ । बीमा सेवाको लागि चन्द्र नाथ उप्रेती(९८५१०७९७०८),अनल राउत(९८६९८६२८२३), धीरेन्द्र राज भण्डारी(९८४१४३८७३९) र कमला कुवर(९८६०१२८८५३) लाई सम्पर्क गर्न सकिने छ । 

बीमा दावी सेवाका लागि किरण मान रंजीतकार(९८६६४०५३८४),दयानिधि प्रसाद ओझैया(९८५१०६३७६४), मिलन सिग्देल(९८४७११९१०१) र कृष्ण पराजुली(९८४१२७४५०५) लाई सम्केपर्क गर्न सकिने छ । 

प्रीमियर इन्स्योरेन्स

प्रीमियर इन्स्योरेन्सले पनि बीमा सेवा तथा बीमा दावी सेवाका लागि आधिकारीक व्यक्ति तोकिदिएको छ । बीमा सेवाका लागि राजन श्रेष्ठ(९८४१२०७२३२) सन्तोष पन्त(९८५१२२२७००) र सरला प्रसाई(९८५१०६७९००) लाई सम्पर्क गर्न सकिने इन्स्योरेन्सले जनाएको छ । त्यस्तै, बीमा दावी सेवाका लागि गिरिस दाहाल(९८५१२०१४२४), आदर्श श्रेष्ठ( ९८५१२२५९०१) र रोहनी कर्माचार्य(९८५११४२४७६) लाई सम्पर्क गर्न सकिने  छ । 

शिखर इन्स्योरेन्स

बीमा सेवाका लागि सन्तोष पाण्डे(९८०११७४३४२), कुमार थापा(९८०११७४३३४) र स्वस्तिका कार्की(९८०११५०४४६) लाई सम्पर्क गर्न सकिने छ । बीमा दावी सेवाका लागि अमिर विष्ट(९८०१२३७७१७), दिपु खड्का(९८०१२३७७१८) लाई सम्पर्क गर्न सकिने छ । कृषि, पशुपन्छी तथा लघु बीमाका लागि सार्थक राज पाण्डे(९८०१२३५१०१) लाई सम्पर्क गर्न सकिने छ । 

महालक्ष्मी लाइफ

जीवन बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि बीमा सेवाका लागि सम्पर्क व्यक्ति तोकेको छ । लक डाउनको समयसम्म महालक्ष्मी लाइफका सबै कार्यालयहरु बन्द रहने इन्स्योरेन्सले जनाएको छ । नायव प्रमुख कार्यकारी अबिधृत रामेश्वर श्रेष्ठ(९८५१००१८१५), मार्केटिंग प्रमुख प्रशान्त राज राज धिमाल(९८५६०१६५५९), अण्डरराईटिगं प्रमुख प्रभाकर न्यौपाने(९८५१२२३४६४), लेखा प्रमुख श्रीजन श्रेष्ठ(९८५११७६९८७) र एजेन्सी प्रमुख सिताराम धिमाल(९८५११४६३२४) लाई सम्पर्क गर्न सकिने छ । 

आइएमइ लाइफ इन्स्योरेन्स 

आइएमई लाइफले पनि बीमा सेवा सहज पार्नका लागि सम्पर्क व्यक्ति तोकेको छ । दिनेश अमात्य(९८०१९१५०२), आषिश सिंह(९८०१९०१५०३), ऋषि भक्त ढकाल(९८०१९०१५०४,९८५५०१४७७०) र सुदिप राणा(९८०१९०१५०५,९८५१०११११०) लाई सम्पर्क गर्न सकिने छ । 

मेट लाइफ इनस्योरेन्स 

मेट लाइफ इन्स्योरेनसले पनि बीमा सेवा र बीमा दावी सेवाका लागि सम्पर्क व्यक्ति उपलब्ध गराएको सुचना प्रकाशित गरेको छ । बीमा सेवाका लागि प्रजना शाही (९८५१२११४६६३) र सलिना शाक्य(९८५१२१६४०७) लाई सम्पर्क गर्न सकिने कम्पनीेले जनाएको छ । त्यस्तै दावीका लागि भने मनोज नेपाल(९८५११८०१८४) लाई सम्पर्क गर्न सकिने छ । 

गुराँस लाइफ

गुराँस लाइफ इनस्योरेन्सको बीमा सेवा लिनका लागि गिरधर श्रेष्ठ, विर्तामोड(९८०१४४८६३५), रुपक केसी, काठमाडौँ(९८०१०८७०२५), बाबुराम केसी, पोखरा(९८०११७३६२८), प्रमोद प्रसाद शाह, बीरगंज (९८०२९६९७१०), कृष्ण बन्धु अर्याल, बुटवल(९८०२६५२२००), मोहन लाल कवर, नेपालगञ्ज (९८०१३२५९३२), तारा सि. बम, धनगढी (९८०१७२५६८५) र सूचना अधिकारी बोध लाल पुरी(९८५१०५४३५६) लाई सम्कर्प गर्न सकिने जनाएको छ । 

एलआइसी नेपाल 

बीमा सेवाको लागि सिर्जना नेपाल(९८५१०४८१८२) र प्रतिभा शाक्य(९८०३५३३५१७) लाई सम्पर्क गर्न सकिने इन्स्योरेन्सले जनाएको छ । त्यस्तै, दावी सेवाका लागि धिरेन्द्र कुमार दास(९८४१३६१७५४) र सुदिप श्रेष्ठ(९८६८०८५१७६) लाई सम्पर्क गर्न सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved