चैत्र मसान्तसम्म बीमा शुल्क संकलन स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2020 | 04:39:11 PM मा प्रकाशित

बीमा कम्पनीहरुलाई चैत मसान्तसम्म बीमाशुल्क संकलन कार्य स्थगित गर्न बीमा समितिले निर्देशन दिएको छ । समितिले आज एक परिपत्र जारी गर्दै जीवन बीमा सम्बन्धी बीमाशुल्क संकलन  गर्ने कार्य स्थगित गर्न भनेको हो । बीमा समितिले बीमा कम्पनीहरुलाई नेपाल सरकारले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरेको अवधिभर न्यूनतम सेवालाई निरन्तरता दिनका लागि निर्देशन दिएको छ । 

जीवन बीमा सम्बन्धी बीमा शुल्क संकलन कार्य चैत्र मसान्तसम्म स्थगन गरी परिस्थिति सामान्य भए पछि बिना ब्याज संकलन गर्ने व्यवस्था मिलाउनका लागि जीवन बीमा कम्पनीलाई निर्देशन गरेको छ । बीमा अवधि समाप्त भएको बीमालेखकको हकमा सम्बन्धीत बीमितको लिखित अनुरोध(विधुतीय माध्यमबाट प्राप्त) को आधारमा बीमालेख नविकरण हुने व्यवस्था मिलाउनका लागि समेत अनुरोध गरेको छ । 

त्यस्तै, निर्जीवन बीमा कम्पनीले तत्कालै उत्पन्न हुने दावी भुक्तानीका विधुतीय माध्यम मार्फत बीमितबाट यथेष्ट प्रमाण संकलन गर्ने र अवस्था सामान्य भएपछि तुरुन्त सर्भेयर खटाई क्षति एकिन गरी दावी भुक्तानी गर्ने वातावारण मिलाउनका लागि निर्देशन दिएको छ । 

जीवन बीमा कम्पनीले अवधि समाप्ति पछिको बीमा रकम विधुतीय माध्यमबाट बीमितको खातामा जम्मा गर्ने व्यवस्था मिलाउने तथा अन्य बीमा दावीको हकमा बीमितले विधुतीय माध्यममार्फत निवेदन गरेमा यथेष्ट प्रमाण संकलन गरी अवस्था सामान्य भएपछि यथाशिघ्र दावी भुक्तानी गर्ने दिएको छ । 

सर्भेयर र अभिकर्ता इजाजतपत्र नविकरण गर्नको लागि बीमक मार्फत समितिको नबिल बैंकमा रहेको खाता नं.०११००१३०११००१ म चैत्र मसान्तभित्र शुल्क जम्मा गरी बैंक भौचर पेश गरेमा जरिवाना नलाग्ने व्यवस्था समेत गरेको जनाएको छ । 



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved