लकडाउनमा यसरी लिन सकिन्छ सन नेपाल लाइफको बीमा सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2020 | 08:41:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सले हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेका बीमितहरुको बीमालेख व्यतित नहुने  जनाएको छ । उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनभित्र बुझाएमा किस्तामा व्याज नलाग्ने समेत कम्पनीले जनाएको छ ।

लकडाउनकोअवधिमा अति आवश्यक परी बीमा सम्बन्धी  जानकारी लिनु परेमा कम्पनीले तोकेका आधिकारिक व्यक्तिलाई सम्पर्क गर्न सकिने छ ।  बीमालेख, बीमाशुल्क भुक्तानी, बीमा दाबी तथा बीमा सम्बन्धी अन्य सूचना वा सेवा आवश्यक परेमा कम्पनीले तोकिएको प्रतिनिधिमार्फत सेवा लिन सकिने जनाएको छ ।

बीमाशुल्क बापतको रकम कम्पनीको नाममा रहेको ग्लोबल आइएमई बैंक, एनआइसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक खाताहरुमा बीमितको नाम, बीमालेख नम्बर र मोबाइल नम्बर उल्लेख गरी दाखिला गराई नविकरण बीमाशुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved