लकडाउनको समयमा सेवा दिन राष्ट्रिय बीमा संस्थानले तोक्यो सम्पर्क व्यक्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2020 | 11:45:07 AM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउनको अवधिमा राष्ट्रिय बीमा संस्थानले बीमा सम्बन्धी सेवालाई सहज बनाउनका लागि सम्पर्क व्यक्ति तोकेको छ ।  संस्थानले नायव महाप्रबन्धक महेश रिमाल, सह–व्यवस्थापक आशा कुमारी बस्नेत, सह–व्यवस्थापक चुडाराज अधिकारी र सह–व्यस्थापक दीपा अधिकारीलाई आधिकारी व्यक्ति तोकेको जनाएको छ । साथै, भुक्तानी हुन बाँकी रहेको नविकरण बीमाशुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले पन्ध्र दिन भित्र बुझाएमा बीमाशुल्क किस्तामा व्याज नलाग्ने संस्थानले जनाएको छ । 

त्यस्तै, अभिकर्ता ईजाजत पत्र नविकरण गर्दा लाग्ने नविकरण शुल्क बीमा समितिको नबिल बैंकमा रहेको खाता नम्बर ०११००१३०११००१ मा चैत्र मासन्तभित्र बुझाएमा जरिवाना तिर्नु नपर्ने जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved