वैदेशिक रोजगारीमा जाने श्रमिकको बीमा अनलाइनबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2020 | 05:06:21 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले अनलाइन प्रणालीबाटै बीमा सेवा प्राप्त गर्ने व्यवस्था मिलाउनका लागि इजाजतपत्र सबै जीवन बीमा कम्पनीलाई निर्देशन दिएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकको  हित तथा सुरक्षालाई मध्यनजर गर्दै नीतिगत सुधारका लागि व्वस्थाहरु कार्यान्वयन गर्नका लागि बीमा कम्पनीलाई निर्देशन दिएको हो । समितिले आज एक परिपत्र जारी गर्दै वैदेशिक रोजगार म्यादी जीवन बीमा पोलिसी जारी गर्दा लाग्ने बीमाशुल्क वैदेशिक रोजगारमा जान चाहाने व्यक्तिबाट नगद, बैंक चेकका अतिरिक्त अनलाई प्रणालीबाट समेत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाउनका लागि कम्पनीलाई समितिले निर्देशन दिएको हो । 

वैदेशिक रोजगारमा जाने सेवा ग्राहीको चाप र भौगोलिक समावेशिता समेतलाई मध्यनजर गरी सहजै सेवा प्राप्त हुने व्यवस्था गर्न समेत समितिले बीमा कम्पनीहरुलाई निर्देशन गरेको छ । 

त्यस्तै, वैदेशिक रोजगारीमा जाने व्यक्तीहरुको इलेक्ट्रोनिक प्रस्ताव फारमलाई मान्य हुने गरी बीमालेख जारी गर्दा विद्यमान कानून व्यवस्थालाई समेत मध्यनजर गरी प्रिन्ट कपीसहित आवश्यकता अनुसार डिजिटल इलेक्ट्रोनिक्स बीमालेख समेत जारी हुने गरी व्यवस्था गर्नु पर्ने समितिद्धारा जारी प्ररिपत्रमा उल्लेख छ । 

वैदेशिक रोजगारमा जाने व्यक्तिहरुको सुरक्षा समेतलाई दृष्टिगत गरी निजले श्रम स्वीकृत प्राप्त गरी विदेश प्रस्थान गर्नु अघि तीन महिना र बीमा अवधि समाप्त नहुँर्द अर्को भिसाका लागि प्रोसेसिंग गर्न लाग्ने तीन महिना समेत गरी थप ६ महिना मात्र लागु हुने गरी बीमा गर्ने व्यवस्थ गर्ने र विदेशस्थित नेपाली कुटनैतिक नियोगबाट पुन श्रम स्वीकृतिको लागि आवेदन गर्दा बीमा अवधि थप गर्नका लागि तिर्नु पर्ने बीमाशुल्क अनलाइन सेवाप्रदायक मार्फत तिर्न सक्ने गरी मिलाउन निर्देशन दिएको छ । 

बीमा समितिले वैदेशिक रोजगारमा जाने बीमिततलाई घातक रोग वापतको बीमांक ५ लाख रुपैयाँ हुने जनाएको छ । त्यस्तै, ६४ वर्ष भन्दा माथिको बीमाशूल्क बीमकले निर्धारण गरे बमोजिम हुनेछ । तर, थप बीमाशूल्क ५१ देखि ६४ वर्ष उमेर समूहको बीमा शूल्कको ५० प्रतिशतभन्दा बढी नहुने बीमा समितिले जनाएको छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved