युनाइटेड इन्स्योरेन्सको बीमा नविकरण र बीमा दावी दर्ता घरबाटै गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2020 | 07:18:49 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुको सूविधालाई लकडाउनको समयमा घरबाटै बीमा पोलिसी जारी तथा नविकरण गर्न सकिने व्यवस्था मिलाएको छ । हालको परिस्थितीमा ईमेल ईन्टरनेट अनलाईनबाट सुविधा उपभोग गर्न सकिने भएपनि ईन्टरनेटमा अत्याधिक चाप बढ्न गएको अवस्थामा समेत आफ्नो सेवालाई चुस्त बनाई राख्न बीमालेखतर्फ विभिन्न व्यक्तिलाई सम्पर्क गर्न सकिने कम्प्नीले जनाएको छ । 

टोपेन्द्र कटेल मोवाईल नं. ९८५६०६०३७४ तथा बीमा दावी तर्फ रविन्द्र राज श्रेष्ठ मोवाईल नं. ९८५१२१७९४९ मा सम्पर्क गरेर सेवा लिन सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । 

कम्पनीले आफ्ना सेवाग्राहीहरुका लागि सबै शाखा कार्यालय इन्चार्जहरु तथा केन्द्रिय कार्यालयका निम्न व्यक्तिहरुलाई सम्पर्क गरि घरबाटै कम्पनीका सुविधाहरु प्राप्त गर्न सकिने जानकारी गराएको छ ।  

कम्पनीले हालको विषम परिस्थितीमा आफ्नो उत्कृष्ठ सेवा दिन तथा चुस्त दुरुस्त बनाउनको लागि आवश्यक प्रविधिको प्रयोग गर्दै अनलाईन सेवा मार्फत अझ परिस्कृत गर्दै आफ्ना बीमितहरुको काममा सहजता ल्याएको जनाएको छ ।  

यस परिस्थितीमा आईपरेका कठिनाईमा कम्पनी बीमितहरुको साथमा रहेको जनाउदैँ बीमितहरुले बीमालेख जारी गर्न तथा बीमालेख नविकरण गर्न कम्पनीको ईसेवा तथा बैंक खाता रहेको एनआईसी एसिया बैंक मार्फत अनलाईन भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved