सरकारले ४ पेशाकर्मीको १० लाखको बीमा गरिदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2020 | 07:59:50 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलालीको टीकापुर नगरपालिकाले कोभिड–१९ विरुद्धको अभियानमा खटिने करार सेवामा कार्यरत स्वास्थ्यकर्मी, सवारी चालक, सरसफाइकर्मी र नगर प्रहरीको बीमा गर्ने निर्णय गरेको छ ।

“नगरकार्यपालिकाको सोमबार बसेको बैठकले उनीहरुको जोखिमलाई हेरेर १० लाखको बीमा गर्ने निर्णय गरेका छौंँ”, नगर प्रमुख तपेन्द्रबहादुर रावलले भने, ‘‘कोरोना भाइरस संक्रमणविरुद्धको अभियानमा खटिने अन्य स्थायी कर्मचारीलाई संघीय सरकारले नै यसअघि नै बीमा गर्ने निर्णय गरिसकेको छ । हामीले करारमा कार्यरतको बीमा गर्न थालेका हौंँ ।’’

साथै, लम्कीचुहा नगरपालिकाले विपन्न नागरिकको लगत संकलन थालेको छ । नगरपालिकाले दैनिक ज्यालादारीका भरमा जीवन निर्वाह गर्नेहरुलाई राहत दिनका लागि विपन्नको लगत संकलन शुरु गरेको हो । ‘‘नगरपालिकाले ज्यालादारी गर्ने मजदूरको घरमा भोकमरी नहोस् भन्ने उद्देश्यले लगत संकलन थालेको हो’’,  नगर प्रमुख महादेव बजगाँईले भने, ‘‘अन्य ठाउंँका मजदूर पनि लकडाउनका कारण अलपत्र परेका छन्, उनीहरुलाई पनि उद्धार गरेर सम्बन्ध्ति ठाउंँमा पुर्याउने व्यवस्था नगरपालिकाले गर्नेछ ।’’

जानकी गाउँंपालिकाले पनि कोराना भाइरसको रोकथामका लागि वडास्तरीय आपूर्ति समिति गठन गरेको छ । गाउँपालिस्तरीय विपत् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले गाउंँपालिकामा राहत वितरण जस्ता कार्य गर्न सहज होस् भनी आवश्यक सामग्रीको व्यवस्थापन गर्ने निर्णय गरेको गरेको गाउंपालिकाले जनाएको छ । कैलालीका टीकापुर र  भजनी नगरपालिका तथा जोशीपुर गाउंँपालिकाले पनि ज्यालादारीमा बाचेका परिवारलाई राहत दिनका लागि लगत संकलन थालेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved