मादी गाउँपालिकाले करार स्वास्थ्यकर्मीको १० लाखको बीमा गरिदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2020 | 01:16:41 PM मा प्रकाशित

laxmi sunrise bank

कास्कीको मादी गाउँपालिकाले सरकारबाट बीमा नभएका करारका स्वास्थ्यकर्मीलाई १० लाख रुपैयाँको बीमा गर्ने निर्णय गरेको छ । स्थायी कर्मचारीको सरकारबाट नै बीमा भए पनि करार सेवाका स्वास्थ्यकर्मी वञ्चित हुने भएकाले अहिलेको अवस्थामा जनताको जीउ ज्यानको सुरक्षामा खटिने स्वास्थ्यकर्मीको बीमा गर्न लागिएको गाउँपालिकाले जनाएको छ । “कोरोनाका कारणबाट विश्वनै प्रभावित भएको अवस्थामा जनताको स्वास्थ्यलाई ध्यानमा राखेर खटिएका स्वास्थ्यकर्मीको मनोवल बढाउन प्रोत्साहन भत्ता र बीमा नभएकालाई बीमा गर्ने निर्णय पालिकाबाट गरेका छौँ”, अध्यक्ष गुरुङले बताए । 

त्यस्तै, गाउँपालिकाले कोरोना भाइरस (कोभिड)१९०को सङ्क्रमण फैलन नदिनका लागि सञ्चालन भएका कार्यक्रममा खटिने स्वास्थ्यकर्मीलाई अतिरिक्त प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिकाको मङ्गलबार बसेको बैठकले ‘लकडाउन’ तथा कोरोना सङ्क्रमण त्रासको विषम परिस्थितिमा समेत २४सै घण्टा जनताको सेवामा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन प्रतिदिन रु ५०० का दरले प्रोत्साहन थप भत्ता उपलव्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले बताए । 

गाउँपालिकाले विपद् व्यवस्थापन कोषमा १० लाख रुपैयाँ थप गर्ने भएको छ । कोरोना सङ्क्रमण न्यूनीकरण कार्यक्रम चालू वर्षको बजेट कार्यक्रममा विपद् व्यवस्थापन शीर्षकमा विनियोजित रु १५ लाखबाट खर्च गरिएकामा अहिले कोषमा रकम थप गर्न लागिएको बताईएको छ । 

जारी लकडाउन प्रभावकारी कार्यान्वयनका लागि १२ वटै वडामा एउटा वडाबाट अर्कोमा कोही कसैलाई पनि प्रवेश गर्न नदिइने वडा नं ७ का अध्यक्ष एवं प्रवक्ता लालबहादुर गुरुङले बताए। त्यसैगरी राजनीतिक दल, जनप्रतिनिधिलगायतको वडास्तरीय संयन्त्रबाट आपूर्ति सहज गर्ने, बजार अनुगमन तथा अत्यन्त विपन्न परिवारको लगत सङ्कलन गरी राहत प्रदान गर्ने भएको छ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved