महालक्ष्मी लाइफका सिईओ भट्टराईले कोरोना रोकथामका लागि २ महिनाको तलव दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 10:22:51 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाइफ इन्स्योरेन्सका सिईओ रमेश कुमार भट्टराईले कोरोना रोकथामका लागि दुई महिनाको तलव भत्ता सहयोग गर्ने जनाएका छन् । महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत भट्टराईले आज एक विज्ञप्तीमार्फत सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सो रकम जम्मा गर्ने जनाएका हुन् । 

विश्वव्यापी संटकको बेला नेपालीहरुको रक्षाको लागि आफ्नो तर्फबाट सहयोग गर्ने इच्छाले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्याकारी अधिकृत भएको हैसियतले मैले मासिक पाउने २ महिनाको तलव भत्ता बराबरको रकम सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गरेको उनले बताएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved