अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण गर्ने म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 02:19:11 PM मा प्रकाशित

laxmi  sunrise bank

चैत्र महिनामा नवीकरण गर्नुपर्ने बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नविकरणको म्याद थप गर्न बीमा कम्पनीलाई समितिले निर्देशन दिएको छ । समिततिले आज एक परिपत्र जारी गर्दै इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीलाई बीमा अभिकर्ता र सर्भेयरको इजाजत पत्र नवीकरणको म्याद वैशाख महिनासम्म थप गर्नका लागि निर्देशन दिएको हो । 

बीमा अभिकर्ता र सर्भेयरको इजाजत पत्र नवीकरणको म्याद वैशाख महिनासम्म थप गरी सो वात जरिवान नलाग्ने व्वस्था मिलाउनु पर्ने उक्त परिपत्रमा उल्लेख छ । 

साथै, समितिले जीवन बीमा कम्पनीलाई बीमाशुल्क संकलन गर्ने समय बैशाख सम्म थप गर्न निर्देशन दिएको छ । यस अघि जीवन बीमा सम्बन्धी बीमाशुल्क चैत मसान्त मिलाउन निर्देशन दिएको समितिले लकडाउनको अवधि बढेसंगै बीमाशुल्क संकलन गर्ने समयावधी थप गरेको हो । समितिले निर्देशन अनुसार उक्त अवधिका लागि व्याज नलाग्ने गरी बीमाशुल्क संकलन गर्ने निर्देशन दिएको हो ।  

यस्तै, बीमा समितिले बीमा अवधि सकिएको बीमालेखको विद्युतिय माध्यमबाट लिखित अनुरोध आएमा नविकरण गर्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिद्धारा जारी परिपत्रमा कोरोना भाइरस (कोभिड १९( को संक्रमणको जोखिमका करण असामान्य अवस्था भएकोले उक्त व्यवस्था गर्नु पर्ने उल्लेख छ ।

साथै, निर्जीवन बीमकले तत्काल सिर्जना हुने दाबी भुक्तानीको लागि विद्युतीय माध्यमबाट समेत निबेदन प्राप्त भएमा अवस्था सामान्य भएपछि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्ने निर्देशन गरेको छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved