
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले रोकोना रोकथाम तथा नियन्त्रण कोषमा दुई करोड रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सो रकम दिने निर्णय गरेको हो । जसमा दुई करोडमध्ये नेपार सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड ६५ लाख रुपैयाँ र सातवटै प्रदेश सरकारले स्थापना गरेका कोषहरुमा प्रदेश सरकारलाई ५ लाखका दरले ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको संस्थानले जनाएको छ ।