नेपाल लाइफद्धारा कोरोना रोकथामका लागि एक करोड सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2020 | 02:28:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड  Nepal Life Insurance Company Limited  ले कोरोना रोकथामको लागि एक करोड रुपैयाँ सहयोग गरेको छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय अनुसार कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि एक करोड रुपैयाँको चेक हस्तान्तरण  गरेको जनाएको छ । 

उक्त चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद बिँडारीलाई नेपाल लाइफका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई तथा सञ्चालक समिति सदस्य कमलेश कुमार अग्रवालले हस्तान्तरण गरेका हुन् ।

नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष संघईले बताए । 

यस सहयोगसँगै कम्पनी सरकार र आमनागरिकसँग एक भई यस महामारी विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved