स्वास्थ्य बीमा कार्यक्रम पाचौँ वर्षमा, नागरिकको सहभागिता न्यून

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2020 | 08:54:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकाले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम पाचौँ वर्षमा प्रवेश गरेको छ । २०७२ चैत्र २५ गतेदेखि कैलाली जिल्लाबाट शुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रमले २०७६ चैत्रमा ४ वर्ष पुरा गरेको हो ।  

स्वास्थ्य बीमा बोर्डका यस वढीमा २७ लाख १७ हजार ६३० जनाले सहभागीता जनाएका छन् ।  ५५ जिल्लामा विस्तार भएको यस कार्यक्रममा २७ लाख १७ हजार ६३० जना सहभागी भएका हुन् । सहभागी भएकामध्ये ६ लाख ८६ हजार १०० जना अति गरीब तथा २ लाख ८२ हजार १७ ज्येष्ठ नागरिक जना रहेका छन् । कार्यक्रम लागू गरिएको जिल्लाहरुमध्ये जिल्लागत जनसंख्याको आधारमा सबैभन्दा बढी झापा जिल्लाका जनताहरुको सहभागिता बढी छ । 

त्यस्तै, ५ हजार २३९ एचआइभि एड्स संक्रमित, १० हजार २५६ महिला स्वास्थ्य स्वंयमसेविका र २३ हजार ९२५ पूर्ण अपागंता भएका व्यक्तिले यस कार्यक्तममा सहभागीता जनाएको बोर्डले बताएको छ । साथै, ६०० जना एमडी आरटिबि संक्रमित सहभागी भएका छन् । 

कुल जनसंख्याको हिसाबमा यस कार्यक्रममा सहभागी भएका नागरिकको संख्या भने एकदमै न्यून छ  । 

यस अवधिमा बोर्डले ३ अर्ब ४४ करोड ५७ लाख ६४ हजार रुपैयाँ प्रीमियम संकलन गरेको छ । बोर्डले स्वास्थ्य संस्थाहरुलाई चार अर्ब २८ करोड ८८ लाख ८५ हजार ४४७ रुपैयाँ दावी भुक्तानी गरेको छ । तथ्याकं अनुसार बीमा कार्यक्रममा सहभागी भएकामध्ये १० लाख ३० हजार ५७२ जनाले सेवा लिएका छन् । स्वास्थ्य उपचार सेवा लिए वापत सेवा प्रदायक संस्थाहरुलाई सो रकम दावी भुक्तानी गरेको बोर्डले बताएको छ । 

त्यस्तै, बोर्डका अनुसार स्वास्थ्य संस्थाहरुलाई ६० करोड रुपैयाँ रकम भुक्तानी गर्न बाँकी रहेको छ । स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएकाहरुमध्ये ७५ प्रतिशत बीमितले मात्रै नविकरण गरेका छन् । 

सबै जनतामा स्वास्थ्य सेवाको सहज पहुँच, स्वास्थ्य सेवामा हुने व्यक्तिगत वा पारिवारिक खर्चलाई घटाई सबैलाई वित्तीय संरक्षण प्रदान गर्नु तथा स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको सेवालाई गुणस्तरीय बनाउने लक्ष्यका साथ स्वास्थ्य बीमा कार्यक्रम अघि सारिएको थियो । २०७२ चैत्र २५ गतेदेखि कैलाली जिल्लाबाट शुरु गरिएको थियो ।

कसरी सहभागी हुने ?

स्वास्थ्य बीमा कार्यक्रम लागू गर्नु पूर्व सो जिल्लाका सेवाप्रदायक संस्था, नेपाल सरकार मातहत र निजी क्षेत्र बोर्डसँग सहभागी हुन्छन् । त्यसपछि स्थानीयतहका हरेक वडाबाट एक जनादर्ता सहयोगी छनोट गरिन्छ  । ती दर्ता सहयोगी बोर्डका एजेन्ट हुन् । उनै दर्ता सहयोगी वा एजेन्टले घरघर मै पुगि सर्वसाधरणलाई यस कार्यक्रममा आवद्ध गराउने काम गर्छन् ।

सहभागीभएकाहरुलाई कार्ड प्रदान गर्ने गरिन्छ । सहभागी भएका बीमितले स्वास्थ्य सेवा लिन जाँदा सो कार्ड अनिवार्य रुपमा लैजानु पर्ने हुन्छ । 

१ लाख रुपैयाँको सेवा

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनका लागि परिवारले वार्षिक ३५ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ । सो रकम तिरेवापत बीमित परिवारले एक लाखसम्मको कुनै पनि प्रकारको सेवा पाउने गर्दछन् । कुनै परिवारमा ५ जनाभन्दा धेरै सदस्य छन् भने त्यस्तो अवस्थामा प्रति सदस्यले वार्षिक ७ सय रुपैयाँ थप गर्नु पर्ने प्रावधान रहेको हुन्छ । 

सेवा लिनका लागि के गर्ने ?

यस कार्यक्रममा सहभागी भएकाहरुले सेवा लिनका लागि स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा जानु पर्ने हुन्छ । जसमा सरकारी र निजी दुवै खालका सेवाप्रदायक संस्थाहरु रहने गर्दछन् ।

बीमितले प्रथम सेवा लिनका लागि सरकारी संस्था मै जानु पर्ने बोर्डको प्रावधान रहेको छ । बीमितलाई पायक पर्ने सरकारी सेवा प्रदायक संस्थाहरु प्राथमिक स्वास्थ्य संस्था, जिल्ला अस्पताल, अञ्चल अस्पताल जान सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved