अब कोरोनाको पनि बीमा, एक हजारले एक लाखसम्मको सुरक्षा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2020 | 05:09:57 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले कोरोना भाइरस (कोभिड १९) बाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्नका लागि कोरोना भाइरस (कोभिड १९) नामक बीमा पोलिसी जारी गरेको छ । कोभिड १९ बाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न तथा ग्रामीण स्तरसम्म न्यून आय भएका वर्गलाई समावेश गर्ने उद्देश्यका साथ उक्त बीमालेख जारी गरेको समितिले जनाएको छ । 

उक्त बीमालेखमा हाल विद्यमान रहेको घातक रोग सरहको बीमालेख अनुसार हुने गरी गर्ने व्यवस्था गरेको छ । उक्त बीमा अन्तर्गत क र ख बीमाङ्क कायम गर्ने समितिले जनाएको छ । व्यक्तिगत एक लाख रुपैयाँको बीमालेख खरिद गर्दा एक हजार रुपैयाँ प्रिमियम तिर्नुपर्ने छ। यदि परिवारकै बीमा गर्ने हो भने प्रति व्यक्ति ६ सय रुपैयाँ तिर्नु पर्ने छ। 

त्यस्तै, ५० हजार रुपैयाँको बीमालेख खरिद गर्दा ५ सय रुपैयाँ प्रिमियम भुक्तानी गर्नु पर्नेछ। साथै, सोही बीमाङ्क रकमका लागि सम्पुर्ण परिवारको बीमा गर्ने हो भने प्रति व्यक्ति तीन सय रुपैयाँ प्रिमियम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको बीमा समितिले जनाएको छ । 

दाबीको लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहने छ । दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पीसीआर टेस्ट पोजेटिभ हुनासाथ दाबी योग्य हुने समितिले जनाएको छ । कोरोना भाइरस बीमाको व्यवस्थापन लघुबीमा अन्तर्गत मौजुदा लघु बीमा मार्फत गर्ने र बीमालेखहरु जारी गर्दा हाल कृषि बीमा तथा घुम्ती बीमाका लागि तोकिएका जिल्लामा कार्यरत बीमा कम्पनीले अनिवार्य रुपमा गर्नुपर्ने समितिले जनाएको छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved