कोरोनाको बीमा कहाँ गएर कसरी गर्ने ? के के कागजात चाहिन्छ ?

समितिका अध्यक्षले नै किन्ने भए पहिलो पोलिसी
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2020 | 11:50:40 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले जारी गरेको कोरोना भाइरस बीमालेख आज स्वीकृत हुने भएको छ  । समितिले बिहिबार इजाजतपत्र सबै निर्जीवन बीमा कम्पनीहरुलाई कोरोना भाइरस बीमालेख जारी गर्न निर्देशन दिएको थियो । समितिले कोरोना भाइरस (कोभिड १९) बाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्नका लागि कोरोना भाइरस (कोभिड १९) नामक बीमा पोलिसी जारी गर्न बिहिबार निर्देशन दिएको हो । 

कोरोना भाइरस (कोभिड १९) बाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न तथा ग्रामीण स्तरसम्म न्यून आय भएका वर्गलाई समावेश गर्ने उद्देश्यका साथ उक्त बीमालेख जारी गर्न निर्देशन दिएको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताए । उक्त बीमालेखको ड्राफ्ट तयार भएको र आजै बीमा कम्पनीहरुले फाइनल गर्ने उनले बताए ।

बीमा कम्पनीहरुले कोरोना भाइरस बीमालेख आज फाइनल गरे पछि समितिबाट आजै उक्त बीमालेख स्वीकृत हुने छ  । आइतबारबाट उक्त बीमा योजना लागु हुने छ । पहिलो बीमा पोलिसी आफैले किन्ने समितिका अध्यक्ष चापागाईको भनाई छ । 

कोरोना बीमा क -कसले गर्न सक्छन् ?

यस बीमालेख सबै नागरिकले खरिद गर्न सक्ने बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईको भनाई छ । 

बीमा गर्न चाहानेले कसरी गर्ने ?

यस बीमा गर्न चाहानेहरुले सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीमाफर्त बीमालेख खरिद गर्न सक्ने छन् । २० वटै निर्जीवन बीमा कम्पनीमा गएर यस बीमालेख खरिद गर्न सकिने छ । अनलाइनबाट पनि गर्न सकिने व्यवस्था मिलाउने उनको भनाई छ । '२० वटै निर्जीवन बीमा कम्पनीलाई बीमा गर्ने जिल्ला तोकिदिएको छ । सबै कम्पनी खुल्ला छन् । काठमाडौँमा सबैले गरि हाल्छन् । जुन कम्पनीमा गए पनि हुन्छ । अनलाइनबाट गरे पनि हुन्छ । ' उनले भने । 

बीमालेख खरिद गर्न के के कागजात चाहिन्छ ?

नेपाली नागरिकताको प्रमाणपत्र भए यस बीमालेख खरिद गर्न सकिन्छ । यसका साथै परिवारमा कति जना सदस्य छन्, को को छन् पूर्ण जानकारी चाहिन्छ । 

दावीका लागि के गर्ने ?

दाबीको लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहने छ । दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पीसीआर टेस्ट पोजेटिभ हुनासाथ दाबी योग्य हुने समितिले जनाएको छ । पिसिआर चेक गर्दा पोजेटिभ आयो भने पैसा पाउने व्यवस्था गरिएको छ । 

कोरोना बीमालेखका यस्ता छन् विशेषता

उक्त बीमालेखमा हाल विद्यमान रहेको घातक रोग सरहको बीमालेख अनुसार हुने गरी गर्ने व्यवस्था गरेको छ । उक्त बीमा अन्तर्गत क र ख बीमाङ्क कायम गर्ने समितिले जनाएको छ । व्यक्तिगत एक लाख रुपैयाँको बीमालेख खरिद गर्दा एक हजार रुपैयाँ प्रिमियम तिर्नुपर्ने छ । यदि परिवारकै बीमा गर्ने हो भने प्रति व्यक्ति ६ सय रुपैयाँ तिर्नु पर्ने छ । 

त्यस्तै, ५० हजार रुपैयाँको बीमालेख खरिद गर्दा ५ सय रुपैयाँ प्रिमियम भुक्तानी गर्नु पर्नेछ । साथै, सोही बीमाङ्क रकमका लागि सम्पुर्ण परिवारको बीमा गर्ने हो भने प्रति व्यक्ति तीन सय रुपैयाँ प्रिमियम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको बीमा समितिले जनाएको छ । 

कोरोना भाइरस बीमाको व्यवस्थापन लघुबीमा अन्तर्गत मौजुदा लघु बीमा मार्फत गर्ने र बीमालेखहरु जारी गर्दा हाल कृषि बीमा तथा घुम्ती बीमाका लागि तोकिएका जिल्लामा कार्यरत बीमा कम्पनीले अनिवार्य रुपमा गर्नुपर्ने समितिले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved