सुरु भयो कोरोना बीमा, कस–कसले लिन पाउँछन् यो सुविधा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2020 | 07:49:36 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले कोरोना भाइरस सम्बन्धी बीमालेख आजदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले आज कोरोना भाइरस (कोभिड–१९) रोग सम्बन्धी पहिलो बीमालेख खरिद गरी औपचारिक शुरूवात गरेका हुन् । 

कोरोना भाइरस (कोभिड १९) बाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न तथा ग्रामीण स्तरसम्म न्यून आय भएका वर्गलाई समावेश गर्ने उद्देश्यका साथ उक्त बीमालेख जारी गरेको समितिले जनाएको छ । यस बीमालेखमा तीन महिना देखि ९९ बर्ष ननाघेका व्यक्तिले खरिद गर्न सक्ने समितिले जनाएको छ । 

दावी भुक्तानी प्रक्रिया 

कोरोना भाइरस रोगको संक्रमण भएमा बीमांक रकम बीमितलाई र दावी भुक्तानी नहँदै बीमितको मृत्यु भएमा बीमितिको इच्छाइएको व्यक्ति वा कानूनी हकदारलाई दावी भुक्तानी दिईने समितिले जनाएको छ  । 

दावीका लागि आवस्यक कागजपत्र

यस बीमालेख अन्तर्गत बीमित घटनाबाट दावी पर्ने अवस्थामा ७ दिनभित्र बीमिकलाई बीमितको नाम, रोग शुरु भएको मिति र विवरण, पूर्ण रुपमा भरिएको दावी फारम र कोरोना रोग पुष्टि भएको परीक्षणको कागजपत्रका साथै अस्पताल भर्ना भएको अवस्थामा भर्ना भएको वा फिर्ता गर्ने समयमा दिने कागज वा अस्पताल वा चिकित्सकले दिएको कागज पेश गर्नु पर्ने हुन्छ ।

बीमालेखले रक्षावरण नगर्ने अवस्था

बीमालेख शुरु हुनु भन्दा पहिलेदेखि कोरोना भाइरस रोग संक्रमण रहेको र बीमालेख शुरु भएको १५ दिन भित्र संक्रमित भएको अवस्थामा दावी नलाग्ने समितिले जनाएको छ । साथै, कोरोना संक्रमण बाहेक अन्य कुनै रोगहरु लागेको अवस्थामा दावी नलाग्ने छ । 

बीमा अवधि 

यस बीमालेखको अवधि बीमालेख शुरु भएको  मितिदेखि १२ महिना सम्म हुने छ ।  दाबी परि सकेपछि यो बीमालेख स्वत समाप्त भएको मानिनेछ । तर पारिवारिक वा सामुहिक बीमालेखको समन्धमा दावी परेको व्यक्तिको हकमा मात्र बीमालेख समाप्त हुनेछ । र अन्य व्यक्तिको बीमालेख बीमा अवधिसम्म चालु रहने छ  ।

भौगोलिक सिमितता

यस बीमालेख नेपालभित्रबसोबास गरेको अवस्थामा मात्र लागु हुने छ । बीमित व्यक्ति नेपाल बाहिर रहेको अवस्थाा यस बीमालेख निस्क्रीय हुने छ । विदेशबाट नेपाल पून फर्केको अवस्थामा नेपाल प्रवेश गरेको १५ दिन पछि बीमाअवधि समाप्त हुने समयसम्मको लागि बीमालेख स्वत पूर्नजागरण हुने समितिले जनाएको छ । 

कोरोना भाइरस सम्बन्धी बीमालेखमा हाल विद्यमान रहेको घातक रोग सरहको बीमालेख अनुसार हुने गरी गर्ने व्यवस्था गरेको छ । उक्त बीमा अन्तर्गत क र ख बीमाङ्क कायम गर्ने समितिले जनाएको छ । व्यक्तिगत एक लाख रुपैयाँको बीमालेख खरिद गर्दा एक हजार रुपैयाँ प्रिमियम तिर्नुपर्ने छ । यदि परिवारकै बीमा गर्ने हो भने प्रति व्यक्ति ६ सय रुपैयाँ तिर्नु पर्ने छ । 

त्यस्तै, ५० हजार रुपैयाँको बीमालेख खरिद गर्दा ५ सय रुपैयाँ प्रिमियम भुक्तानी गर्नु पर्नेछ । साथै, सोही बीमाङ्क रकमका लागि सम्पुर्ण परिवारको बीमा गर्ने हो भने प्रति व्यक्ति तीन सय रुपैयाँ प्रिमियम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको बीमा समितिले जनाएको छ । 

कोरोना भाइरस बीमाको व्यवस्थापन लघुबीमा अन्तर्गत मौजुदा लघु बीमा मार्फत गर्ने र बीमालेखहरु जारी गर्दा हाल कृषि बीमा तथा घुम्ती बीमाका लागि तोकिएका जिल्लामा कार्यरत बीमा कम्पनीले अनिवार्य रुपमा गर्नुपर्ने समितिले जनाएको छ । साथै, अनलाइनमार्फत पनि उक्त बीमालेख खरिद गर्न सकिने व्यवस्था रहेको समितिले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved