स्वास्थ्य बीमा कार्यक्रमले कोरोना भाइरसको उपचारलाई समेट्छ: रमेश कुमार पोखरेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2020 | 09:00:51 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका बीमितले कोरोना भाइरस संक्रमण उपचारको सुविधा पाउँछन्  । यस्तो किसिमको महामारी आउँला भन्ने सोचिएकै थिएन । परिकल्पना नै गरिएकै थिएन । बोर्डले उपलब्ध गराएको सुविधाको प्याकेजलाई हर्ने हो भने उक्त सुविधाको प्याकेजले नसमेट्ने खालको रोग त कुनै पनि हुँदैन । यो रोगलाई समेट्ने, यो रोगलाई नसमेट्ने भन्ने उल्लेख छैन् । यसभित्र केही सिमा छ । त्यो सिमाभित्र रहेर डक्टरको प्रेसक्रिप्सन अनुसार हुने उपचारलाई बोर्डले उपलब्ध गराउने सुविधाले कभर गर्छ ।

एक परिवारलाई एक लाख रुपैयाँको सेवा दिईएको हुन्छ । यहि सिमाभित्र रहेर उपचार गर्नु पर्ने हुन्छ । कहिले काँही त्यो सिमाले नधान्ने पनि हुन्छ । नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमले कोरोना भाइरसको उपचार खर्चलाई नसमेट्ने भन्ने चाँही छैन् । बोर्डले कोरोना भाइरस नै भनेर चाँही परिभाषित गरेको छैन् । वेनिफिट प्याकेजले सबै किसिमका ओपिडी सर्भिस, ल्याव सर्भिस, फार्मे्सि सर्भिसदेखि लिएर औधषीदेखि लिएर सबै किसिमको सेवालाई समेटेको हुनाले यस रोगलाई पनि समेट्छ । 

बोर्डले पाचँ जनाको परिवारलाई अधिकतम १ लाख रुपैयाँसम्म उपचार खर्च भुक्तानी गर्छ  । परिवारको संख्या हेरेर धेरै सदस्य छन् भने दुई लाख सम्म हुन्छ । स्वास्थ्य बीमा बोर्डले कोरोना भाइरसको उपचार खर्च बेहोर्छ । तर, बीमित परिवार चाँही हुनु पर्यो । बीमा गर्नु पर्छ । बीमाको दायरामा नआएका परिवारलाई यसले समेट्दैन् । उपचार सेवा भने बोर्डले तोकेको सेवा प्रदायक संस्थाबाट सेवा लिएको हुनु पर्छ । बोर्डसँग सम्झौता भएको अस्पतालबाट लिएको हुनु पर्छ ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी प्रमुख रमेश कुमार पोखरेलसँगको कुराकानिमा आधारित


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved