मोटर बीमामा ‘नो क्लेम डिस्काउन्ट’को समय थप गर्न समितिको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2020 | 05:34:44 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले मोटर बीमा नविकरण गर्दा बीमा दाबी नगरे बापत पाउने छुट (नो क्लेम डिस्काउन्ट) को अवधी थप गर्न निर्देशन दिएको छ  । समितिले आज एक परिपत्र जारी गर्दै इजाजतपत्र प्राप्त सबै निर्जीवन बीमा कम्पनीहरुलाई यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रणको लागि सरकारले लकडाउन गरेपछि समितिले ‘नो क्लेम डिस्काउन्ट’को समयावधी थप गर्न निर्देशन दिएको जनाएको छ । 

हाल प्रचलनमा रहेको 'मोटर बीमादर सम्बन्धी निर्देशिका, २०७३' को परिच्छेद २ दफा (९) बमोजिम बीमा अवधी समाप्त भएको सवारी साधनको बीमालेख नविकरण गर्नुपर्ने मितिबाट ३५ दिनभित्र नविकरण गर्दा दाबी नगरे छुट पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार लकडाउन अवधी समाप्त भएको १५ दिनभित्र नवीकरण गरेमा दावी नगरे वापत छुट पाउने गरी व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved