बीमा समितिका सबै कर्मचारीको कोरोना बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2020 | 01:01:16 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिमा कार्यरत सबै कर्मचारी कोरोना बीमालेखको दायरामा आएका छन् । बीमा समितिले समितिमा कार्यरत ८० जना कर्मचारीको बीमा गरेको जनाएको छ  ।

बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले समितिमा कार्यरत ८० जना कर्मचारीको बीमा गरिएको जानकारी दिए । समितिले आफ्ना कर्मचारीलाई आईएमई जनरल इन्स्योरेन्समा बीमा गरेको जनाएको छ । ‘समितिमा कार्यरत ८० जना कर्मचारीको स्वास्थ्य बीमा आईएमई जनरल इन्स्योरेन्समा गरिएको थियो । कोरोना भाइरसको बीमा पनि आइएमई जनरल इन्स्योरेन्समा नै गरिएको छ ।’ उनले भने । समितिमा कार्यरत ८० जना कर्मचारीको एक लाख रुपैयाँको बीमा गरेको जनाएको छ ।  

कोरोना भाइरस बीमालेख आइतबारदेखि औपचारिक रुपमा शुरु भएको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले कोरोना भाइरस सम्बन्धी पहिलो बीमालेख खरिद गरी औपचारिक रुपमा शुरु गरेका थिए । 

कोरोना बीमालेखमा सरिक भएका बीमितमा पिसिआर चेक गर्दा पोजेटिभ आए दावी पाउँछन् । कोरोना भाइरस बीमालेखको अवधि बीमालेख शुरु भएको मितिदेखि १२ महिना सम्म हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved