'स्थानिय सरकारले आआफ्नो क्षेत्रमा कोरोना बीमा गर्दा उनीहरुलाई नै फाईदा हुन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2020 | 02:34:11 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस सम्बन्धी बीमालेख औपचारिक रुपमा सञ्चालनमा आएको आज पाचौँ दिन । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं स्वयम आफैले कोरोना भाइरस (कोभिड–१९) रोग सम्बन्धी पहिलो बीमालेख खरिद गरी औपचारिक शुरूवात गरेका थिए । कोरोना बीमालेख बिक्रिको पाँचौँ दिनसम्म यति नागरिक यस बीमालेखको दायरामा आएको यकिन तथ्याकं नभए पनि आकर्षण भने रहेको शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत तथा बीमक संघका अध्यक्ष दिप प्रकाश पाण्डे बताउँछन् । 

दिन प्रतिदिन यस बीमालेख प्रति नागरिकको आकर्षण बढेको उनले बताए । ‘कोरोना बीमा प्रति मान्छेहरुको आकर्षण रहेको देखिन्छ । लकडाउनको समयमा मार्केटिगं गर्न सहजता छैन, तर पनि कम्पनीहरुले सामाजिक सञ्जालमार्फत, आफ्नो साइटमार्फत प्रचार गरिरहेका छन्, ‘अस्ति भन्दा हिजो राम्रो रेस्पोन्स थियो । हिजो भन्दा आज रेस्पोन्स बढ्दै छ । मान्छेहरुले बुझ्दै छन् ।’ उनले भने । 

कोरोना भाइरस (कोभिड १९) बाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न तथा ग्रामीण स्तरसम्म न्यून आय भएका वर्गलाई समावेश गर्ने उद्देश्यका साथ यस्तो खालको बीमालेख जारी गरेको पाण्डेको भनाई छ । सरकारको पनि सहयोग हुनु पर्नेमा उनले जाड दिए । उनी भन्छन्, ‘अस्पतालको औषधि उपचार खर्च त सरकार आफैले बेहोर्छ, दुगर्म स्थानमा रहेका नागरिकले शहरमा आएर उपचार गर्नु पर्यो भने त अरु खर्चहरु हुन्छ , त्यो खर्च धान्नलाई सहयोग हुन्छ कि भन्ने आधारमा बनाईएको हो, स्थानिय सरकारले पनि आआफ्नो क्षेत्रका मान्छेहरुको बीमा गर्यो भने वेनिफिट हुन्छ।’

कोरोना बीमालेख अन्तर्गत क र ख बीमाङ्क कायम गरिएको उनले बताए । ‘व्यक्तिगत एक लाख रुपैयाँको बीमालेख खरिद गर्दा एक हजार रुपैयाँ प्रिमियम तिर्नुपर्ने छ । यदि परिवारकै बीमा गर्ने हो भने प्रति व्यक्ति ६ सय रुपैयाँ तिर्नु पर्ने छ ।’ उनले भने ।  

कोरोना भाइरस बीमाको व्यवस्थापन लघुबीमाअन्तर्गत मौजुदा लघु बीमामार्फत गर्ने र बीमालेखहरु जारी गर्दा हाल कृषि बीमा तथा घुम्ती बीमाका लागि तोकिएका जिल्लामा कार्यरत बीमा कम्पनीले अनिवार्य रुपमा गर्नुपर्ने छ । साथै, अनलाइनमार्फत पनि उक्त बीमालेख खरिद गर्न सकिने व्यवस्था रहेको छ ।

तथ्याकं संकलन गर्ने तयारी

कोरोना बीमाको दायरामा कति नागरिक समेटिए भन्ने यकिन गर्नका लागि तथ्यांक संकलनको प्रक्रियालाई अघि सारको पाण्डेले बताए ।  उनी भन्छन्, ‘कोरोना बीमाको पुल म्यानेजर हो शिखर इन्स्योरेन्स । सबै बीमा कम्पनीलाई कति नागरिक यस बीमालेखको दायरामा आए भन्ने तथ्याकं माग्ने प्रक्रियामा छौँ । सबै कम्पनीबाट आएको तथ्यांकलाई बीमा समितिमा पठाउँछौँ ।’ 

यता, बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारी बीमा समितिले कोरोना बीमाको दायरामा कति नागरिक आए भन्ने तथ्याकं संकलन कार्यको तयारी गर्न लागेको बताउँछन् । ‘सबै बीमा कम्पनीहरु सम्पर्क भएको छ, कति भएको छ, के भएको छ, त्यस्तो समग्र तथ्यांक पठाउनका लागि भनिएको छ ।’ उनले भने । काठमाडौँभित्र काठमाडौँ बाहिर सबैको तथ्याकं संकलन गरेर पठाउनु पर्छ, जसले गर्दा केही समय लाग्ने उनले बताए । उनका अनुसार कति नागरिक कोरोना बीमालेखको दायरामा आएको तथ्याकं भने आएको छैन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved