जुम्लामा शुरु भयो कोभिड–१९ को बीमा कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2020 | 04:49:29 PM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्स कम्पनी Shikhar Insurance Company Limited  जुम्लाले कोभिड–१९ को विशेष बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । बीमा अवधिभित्र कोभिड–१९ को पिसिआर परीक्षणमा पोजेटिभ रिपार्ट आएका व्यक्ति बीमा भुक्तानी गर्न योग्य हुने सो कम्पनीका कर्णाली प्रबन्धक ऋषिराम पाण्डेले जानकारी दिएका छन्। 

 व्यक्तिले आफ्नो र परिवारका  सदस्यको बीमा गर्न सक्ने छन् । परिवारको बीमा गर्दा सम्पूर्ण सदस्यको बीमा शुल्क तिर्नुपर्ने छ । उनले भने, “बीमा गर्नुपर्ने व्यक्तिको उमेर तीन महिनादेखि ९९ वर्ष हुनुपर्ने प्रावधान रहेको छ ।” यसमा कुनै सङ्घसंस्थाले पनि आफ्ना कर्मचारीको बीमा गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ । 

एक लाख रकमको बीमा गरेमा बीमा गर्ने सदस्यले एक हजार र प्रतिसदस्य थपिँदै गएपछि प्रतिसदस्य ६०० रुपैयाँ लाग्नेछ । ५० हजारको बीमा गरेमा ५०० रुपैयाँ बीमाङ्क शुल्क लाग्नेछ भने अरु सदस्य (घरपरिवार) थपिएपछि प्रतिव्यक्ति ३०० रुपैयाँ थप रकम लाग्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । 

 संस्थागत रुपमा समूहगत कर्मचारीको बीमा गरेमा पनि एक लाख रकम बीमाको एकजना कर्मचारीको एक हजार रुपैयाँँ बीमा शुल्क तिर्नुपर्ने छ भने अन्य कर्मचारी थपिँदै गएपछि प्रतिकर्मचारी ६०० रुपैयाँ बीमा शुल्क लाग्ने प्रावधान रहेको छ । ५० हजारको बीमा गरेमा एक कर्मचारी ५०० र कर्मचारी थप भएपछि प्रतिव्यक्ति ३०० रुपैयाँका दरले बीमा शुल्क थपिने व्यवस्था रहेको छ । एउटा घरपरिवार वा सङ्घसंस्थाले ६ जनाभन्दा बढीको बीमा गर्न नपाइने व्यवस्था रहेको बीमा कम्पनीले जनाएको छ ।  

कोरोना रोग बीमा गर्ने व्यक्ति तथा सङ्घसंस्थाले बीमाको प्रस्ताव तथा ग्राहक पहिचान फाराम भरेर बीमा कम्पनीलाई बुझाउनु पर्नेछ । भरेका फाराम बीमा कम्पनीको कार्यालय बुझाउन पनि सकिने व्यवस्था गरिएको छ भने अनलाइन फाराम डाउनलोड गरी भरेर फ्याक्स, इमेलबाट पनि पठाउने व्यवस्था गरिएको बीमा कम्पनीले जनाएको छ । बीमाका लागि तिर्नुपर्ने बीमा शुल्क अनलाइनबाट कम्पनीको नजिकैको बैंक खातामा जम्मा गर्न सकिने व्यवस्था रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved