एक हप्तामा ७१९ वटा कोरोना बीमा पोलिसी बिक्रि, १० हजार बढी बिमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2020 | 01:44:25 PM मा प्रकाशित

laxmi  sunrise bank

एक साताको अवधिमा ७ सय बढी कोरोना बीमा पोलिसी बिक्रि भएका छन् । निर्जीवन बिमक संघका अध्यक्ष एनपी प्रधानले आज आइतबारसम्म ७ सय १९ वटा पोलिसी बिक्रि भएको जानकारी दिएका हुन् । 

नेपाल आर्थिक पत्रकार संघ नाफिजले गरेको बीमा सम्बन्धि भर्चुअल अन्तरक्रियाको क्रममा अध्यक्ष प्रधानले हालसम्म ७१९ वटा पोलिसी बिक्रि भएको, त्यसबाट बिमित हुने व्यक्तिहरुको संख्या १० हजार ७ सय २९ रहेको र ५७ लाख २१ हजार प्रिमियम संकलन भएको बताएका हुन् । बीमा समितिले गरेको ब्यबस्था अनुसार निर्जीवन बीमा कम्पनीलेहरुले गत आइतबारबाट पोलिसी बिक्रि गर्न सुरु गरेका थिए ।

कोरोना बीमा गर्न चाहानेहरुले सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीमाफर्त बीमालेख खरिद गर्न सक्ने छन् ।अनलाइनमार्फत पनि यस बीमालेख खरिद गर्न सकिने छ । काठमाडौँमा रहेका नागरिकले २० वटै निर्जीवन बीमा कम्पनीमध्ये जुनसुकै कम्पनीबाट पनि कोरोना बीमा गर्न सक्नेछन् । 

कोरोना भाइरस सम्बन्धी बीमालेखमा हाल विद्यमान रहेको घातक रोग सरहको बीमालेख अनुसार हुने गरी गर्ने व्यवस्था रहेको छ । उक्त बीमा अन्तर्गत क र ख बीमाङ्क कायम गर्ने समितिले जनाएको छ । व्यक्तिगत एक लाख रुपैयाँको बीमालेख खरिद गर्दा एक हजार रुपैयाँ प्रिमियम तिर्नुपर्ने छ । यदि परिवारकै बीमा गर्ने हो भने प्रति व्यक्ति ६ सय रुपैयाँ तिर्नु पर्ने छ । त्यस्तै, ५० हजार रुपैयाँको बीमालेख खरिद गर्दा ५ सय रुपैयाँ प्रिमियम भुक्तानी गर्नु पर्नेछ । साथै, सोही बीमाङ्क रकमका लागि सम्पुर्ण परिवारको बीमा गर्ने हो भने प्रति व्यक्ति तीन सय रुपैयाँ प्रिमियम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको बीमा समितिले जनाएको छ । 

कोरोना बीमालेख जारी गर्दा हाल कृषि बीमा तथा लघु बीमाका लागि तोकिएको जिल्लामा कार्यरत बीमा कम्पनीहरुले अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने समितिको भनाई छ । कोरोना भाइरस बीमाको व्यवस्थापन लघुबीमा अन्तर्गत मौजुदा लघु बीमा मार्फत गर्ने र बीमालेखहरु जारी गर्दा हाल कृषि बीमा तथा घुम्ती बीमाका लागि तोकिएका जिल्लामा कार्यरत बीमा कम्पनीले अनिवार्य रुपमा गर्नुपर्ने समितिले जनाएको छ । 

यो पनि : 

कोरोना बीमा गर्न कुन जिल्लाका नागरिकले कहाँ सम्पर्क गर्ने ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved