कोरोना बीमा गर्दै जनप्रतिनिधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2020 | 10:46:13 AM मा प्रकाशित

laxmi  sunrise bank

जुम्लाका स्थानीय तहका जनप्रतिनिधिले कोरोना भाइरसको बीमा धमाधम गर्न थालेका छन् । स्थानीय सरकारका जनप्रतिनिधिले जनतासंँग प्रत्यक्ष रुपमा घुलमिल रहने भएकाले कोभिड १९संक्रमणको खतरा हुने जनाउँदै कोरोना बीमा गरेको चन्दननाथ नगपालिकाका प्रमुख कान्तिका सेजुवालले बताए ।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा र नगर प्रमुख सेजुवाल एक–एक लाखको कोरोना बीमा गर्ने यहाँका पहिलो जनप्रतिनिधि भएको  शिखर इन्स्योरेन्स कम्पनी  कर्णाली प्रदेशका प्रबन्धक ऋषिराम पाण्डेले बताए ।

जिससका प्रमुख लालबहादुर सार्की, पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोरा, तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुुढा तथा स्थानीय तहका वडाध्यक्ष र वडा सदस्यले शुक्रबार कोरोना बीमा गरेका छन् ।  

 क्वारेन्टाइन अनुगमन गर्ने, हेल्थ डेस्कसँग समन्वय गर्ने र प्रत्यक्ष जनतासँग जोडिने भएकाले जनप्रतिनिधिको बीमा अत्याववश्यक रहेको समन्वय उपप्रमख बुढाले बताए । जिल्लामा कोरोना बीमा तीन सयभन्दा बढीले गरेका छन् । कर्णालीका सबै जिल्लामा कोरोना बीमा शुरु भइसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved