
सफल मिडिया हाउस र सफल विज लिंक पोखराले सबै कर्मचारीहरुको कोरोना बीमा गराएको छ । नेपालमा कोरोना जोखिम बढिरहेको अवस्थामा कर्मचारीहरुको स्वास्थ्य सुरक्षामा ध्यान राख्दै बीमा गराएको कम्पनीले जनाएको छ ।
प्रति कर्मचारी एक लाख बराबरको कोरोना बीमा गरिएको हाउसका अध्यक्ष तथा कार्यकारी निर्देशक दुर्गा प्रसाद हुमागाईले बताए ।
हाउस र शिखर इन्स्योरेन्सको पोखरा शाखाबीच शुक्रबार कोराना बीमा सम्झौता भएको हो । कुनै पनि कर्मचारीहरुको कोरोना भाईरस परीक्षण गर्दा पिसिआर टेष्ट पोजेटिभ देखिएमा बीमा कम्पनीले एक लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता उल्लेख छ । बीमाको अवधी एक वर्षको हुने कार्यकारी निर्देशक हुमागाईले बताए ।