यूनियन लाइफको बीमा शुल्क अनलाइनबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2020 | 08:49:15 PM मा प्रकाशित

laxmi  sunrise bank
यूनियन लाइफ इन्स्योरेन्सका बीमित तथा अभिकर्ताले अनलाईनबाटै बीमाशुल्क भुक्तानी गर्न पाउने भएका छन् । कम्पनी र अनलाइन सेवा प्रदायक कम्पनीहरुबीच बीमाशुल्क भुक्तानी सम्बन्धमा संझौता भएसंगै बीमित तथा अभिकर्ताले यस्तो सुविधा पाएका हुन् । 

कम्पनीले हालै बीमाशुल्क भुक्तानी सम्बन्धमा अनलाइन सेवा प्रदायक कम्पनीहरु कनेक्ट आइपिएस, खल्ती र सेल पे संग सम्झौता गरेको जनाएको छ । 

संझौता अनुसार कम्पनीका बीमितहरुले घरमै बसेर प्रथम बीमाशुल्क, नबिकरण बीमाशुल्क तथा बीमालेख अन्तर्गतको ऋण लगायत सबै प्रकारका शुल्कहरु भुक्तानी गर्न सक्ने भएका छन् । त्यस्तै उक्त अनलाइन सेवा प्रदायकहरुबाट अभिकर्ताहरुले समेत रकम भुक्तानी गर्न सक्ने ब्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved