
स्थगित गरिएको २४ घण्टा पनि नबित्दै कोरोना बीमा गर्ने कार्य पुन: सुचारु भएको छ । बीमा समितिले आज सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरुलाई कोरोना बीमा गर्ने कार्य पुन: सुचारु गर्न निर्देशन दिएको हो ।
तर अब जारी बीमा लेख २०७७ चैत्र मसान्तसम्मको लागि मात्र जोखिम बहन गर्छ। समितिले निर्देशन दिएसंगै अब कम्पनीहरुले बीमा गर्ने कार्य सुरु गर्ने भएका छन् । बीमा कम्पनीहरुअली सहयोग गर्न अर्थ मन्त्रालय तयार भएपछि पुन बीमा गर्ने कार्य सुरु भएको हो ।
इच्छुकहरुले 'क' र 'ख' गरी २ प्रकारका बीमालेख खरिद गर्न सक्ने छन् । 'क' वर्ग अन्तर्गत प्रतिब्यक्ति एक हजार रुपैयाँ बीमा शुल्क लाग्ने छ भने सामुहिक रुपमा बीमा गर्दा प्रतिब्यक्ति ६ सय रुपैयाँ लाग्ने छ। यस बीमालेख अन्तर्गत कोरोना पुष्टि भए बिमितले एक लाख पाउने छन् ।
'ख' वर्ग अन्तर्गत प्रतिब्यक्ति ५०० बीमा शुल्क लाग्ने छ भने सामुहिक रुपमा बीमा गर्दा प्रतिब्यक्ति ३ सय रुपैयाँ लाग्ने छ। यस बीमालेख अन्तर्गत कोरोना पुष्टि भए बिमितले ५० हजार पाउने छन् ।
यस अघि :
२ कारण देखाउँदै बन्द गरियो कोरोना बीमा