
कोरोना बीमा गर्ने कार्य पुन: सुचारु भएको प्रति नेपाल बीमित हित संरक्षण संघले स्वागत गरेको छ । बन्द भएको कोरोना बीमा जेठ २३ गते नै लागु हुने गरी सुचारु गर्ने बीमा समितिको निर्णय बीमितको हितमा भएको भन्दै संघले उक्त निर्णय ऐतिहासिक रहेको जनाएको छ ।
आइतबार एक विज्ञप्तिमार्फत संघले कोरोना बीमा अन्य देशमासमेत नेपालको मोडल अनुसार सञ्चालन भएको जनाउदै नेपालमा पुन सुचारु गर्न पहल गर्ने सम्पुर्णलाई धन्यवाद दिएको छ ।