
 2mb (1).gif)
सरकारले बजेटमा नै व्यवस्था गरेको कोरोना बीमा कार्यक्रमअनुसार कोरोना सङ्क्रमितलाई दाबी भुक्तानी गरिएको छ ।
कोरोनाको कहर सुरु भएपछि सरकारले पहिलोपटक कोरोना बीमा कार्यक्रम ल्याएको थियो । सो कार्यक्रमलाई सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत विशेष महत्वका साथ समावेश गरेको छ । बीमा क्षत्रेको नियामक निकाय बीमा समितिका अनुसार कोरोना बीमाको पहिलो दाबी आज भुक्तानी गरिएको छ ।
कोरोना बीमा गराएका कृषि विकास बैंकका एक कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि उनलाई आज बीमाबापतको एक लाख रुपैयाँ भुक्तानी गरिएको हो । नेको इन्स्योरेन्सले आज कृषि विकास बैंकको खातामा सो दाबी रकम भुक्तानी गरेको जनाएको छ ।
नियामक निकाय बीमा समितिले एक हजारमा एक लाख बराबरको बीमा गर्न सकिने प्रबन्ध गरेको छ । बीमा गरेका जो कोहीलाई पनि निश्चित समयभित्र पिसिआर परीक्षणमा पोजेटिभ देखिएको अवस्थामा बीमा दाबी भुक्तानी गर्न सकिने छ । बीमा गरेका विभिन्न कम्पनीमा थप चार वटा दाबी आएको जनाइएको छ ।